काठमाडौँ । हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई अर्पण गर्ने निर्णय गरेको छ । संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बैशाख ९ गते बसेको बैठकले २०७७ सालको पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मालाई र २०७८ सालको पुरस्कार वरिष्ठ रंग पत्रकार विदुर गिरीलाई अर्पण गर्ने पनि निर्णय गरेको हो ।
वि.सं. २०७७ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपुर्ण योगदान गर्नु भएकाले अभिनेत्री मिथिला शर्मालाई अर्पण गर्न लागिएको हो ।
यसैगरी ०७८ सालको पुरस्कार ३ दशक भन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृती, चलचित्र क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा पुर्याउनु भएको योगदानका लागि संचारकर्मी बिदुर गिरीलाई अर्पण गर्न लागिएको हो । पुरस्कारको थैली जनही पच्चिस पच्चिसहजार रहेको छ ।
यसैगरी बैशाख ९ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज के.सी.लाई अर्पण गर्ने निर्णय गरेको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश दश हजार रहेको छ ।
परिवर्तन नेपालको सोही वैठकले चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका निर्देशक मदन घिमिरे, निर्माता/निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक/ निर्माता मौनता श्रेष्ठ, अभिनेता राज कुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गर्ने र प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आवद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान पुर्याउनु भएका चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी),निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा वि.सी., खेलाडी/कलाकार नन्दा बस्याल, रंगकर्मी मन्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई परिवर्तन सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।