काठमाडौँ: नेपाली सांगीतिक बजारमा नयाँ भावनात्मक सिर्जना ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ। सन् २०२५ को नेपाली स्याड गीतका रूपमा सार्वजनिक यस गीतले जीवनका संघर्ष, पीडा र संवेदनालाई सारङ्गीको करुण धुनमार्फत प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
गीतमा रमेश शेसी र सरिता गोतामे महारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतको संगीत पनि सरिता गोतामे महारकै रहेको छ भने शब्द टेकम पाण्डे ‘जिज्ञासु’ले लेखेका हुन्। गीतको एरेञ्जमेन्ट पूर्ण साम्योगले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ खडक बाजुरालीले गरेका हुन्। गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियो पक्ष पनि सशक्त र भावनात्मक बनेको छ। भिडियोमा आयुष्मा कार्की (केशरी) र दिनेश मुस्कानको मुख्य अभिनय देख्न सकिन्छ। साथै तुकमान बीके, अनिता साउद, अभिषेक लाम्साल, सिता पाण्डे र प्रयास कुमारको समेत अभिनय रहेको छ। भिडियोको निर्देशन तथा सम्पादन दिनेश मुस्कानले गरेका हुन् भने डीओपी तथा एरियल सिनेमाटोग्राफी डेनिस खनालले सम्हालेका छन्। सहायक निर्देशन तुकमान बीके (गोपाल)ले गरेका छन्।
पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम डी सिनेमा आर्ट प्रा।लि।ले गरेको हो। मेकअप आर्टिस्टका रूपमा शोभना न्यौपाने रहेकी छन्।
निर्माण टिमले गीत निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने परिवारजन, कलाकार, शुभेच्छुक तथा विभिन्न कला संस्थाप्रति आभार व्यक्त गरेको छ।
भावनात्मक शब्द, सारङ्गीको पीडामिश्रित धुन र कलाकारहरूको प्रभावशाली प्रस्तुतिका कारण ‘सारङ्गीको साथी’ दर्शक तथा श्रोतामाझ मन छुने गीत बन्ने अपेक्षा गरिएको छ।