काठमाडौँ, २८ कात्तिक
नेपाली सेनाले सैनिक पदका लागि ३ हजार ६ सय जनाको नयाँ भर्ना खुला गर्दै दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले सेनाका विभिन्न पृतना, गण र बाहिनीहरूका लागि ठूलो संख्यामा भर्ना प्रक्रिया सुरु गरेको हो।
उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रे–भकुण्डेबेसीस्थित २६ नं. बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुर–सूर्यविनायकस्थित रणशेर गणका लागि १०० जना, र सुनसरी–इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २ जनालगायत विभिन्न गण तथा कार्यालयहरूले अलग–अलग संख्यामा माग गरेका छन्।
सबैभन्दा बढी सुर्खेत–निमारेस्थित श्री उत्तर–पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जनाको दरखास्त माग भएको छ। त्यस्तै विभिन्न संख्यामा ब।का।सि।, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार र चर्मकर्मी पनि माग गरिएको छ।
शैक्षिक योग्यता
सैन्य पदका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण हुनुपर्छ।
एसईई वा सोभन्दा माथिको प्रमाणपत्र भएका उम्मेदवारले कक्षा ८ को प्रमाण पेश गर्नुपर्ने छैन।
लेटर ग्रेडिङ प्रणालीअनुसार कक्षा ८ पास गरेका उम्मेदवारमा न्यूनतम GPA 2 हुनुपर्छ, र कुनै विषयमा D+ भन्दा कम ग्रेड हुनु हुँदैन।
एसईई वा सोभन्दा माथिको स्तरका प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम GPA 1.6 अनिवार्य छ।