काठमाडौँ, ८ भदौ
आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि अफगानिस्तानले १७ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी स्टार खेलाडी राशिद खानले गर्नेछन्।
अफगानिस्तानले एसिया कपको पहिलो खेल सेप्टेम्बर ९ मा हङकङसँग खेल्नेछ। प्रतियोगिता सुरु हुनु अघि टोलीले अगस्ट २९ देखि यूएई र पाकिस्तानसँग टी–२० त्रिकोणात्मक सिरिज खेलेर तयारी गर्ने योजना बनाएको छ।
सन् २०२४ को टी–२० विश्वकपमा न्यूजिल्यान्ड र अष्ट्रेलियाजस्ता टोलीलाई हराउँदै सेमिफाइनलसम्म पुगेको अफगानिस्तान यसपटक पनि बलियो प्रदर्शन गर्ने लक्ष्यमा छ। टोलीमा राशिद खानसँगै अनुभवी खेलाडी मोहम्मद नाबी, करिम जनत र गुलबदिन नैब रहेका छन्। त्यस्तै, रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानजस्ता युवा ब्याटरले शीर्षक्रमलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
अफगानिस्तानको टोली:
राशिद खान (कप्तान), रहमानुल्लाह गुरबाज, इब्राहिम जादरान, डारविश रसुली, सेडिकुल्लाह अटल, अजमतुल्लाह ओमरजई, करिम जनत, मोहम्मद नाबी, गुलबादिन नैब, शरफुद्दिन अशरफ, मोहम्मद इशाक, मुजीबुर् रहमान, अल्लाह गजनफर, नूर अहमद, फारिद मलिक, नभीन उल हक, फजलहक फारुकी।
एसिया कप सेप्टेम्बर ९ देखि यूएईमा सुरु हुनेछ।