रामेछाप: उमाकुण्ड गाउँपालिकाको प्रायोजन, वडा नं. ४ कार्यालयको सह-प्रायोजन, गाउँपालिका खेलकुद विकास समिति तथा वडा खेलकुद विकास समितिको आयोजनामा २०८२ बैशाख २३ गते ( मंगलबार) देखि २७ गते (शनिबार) सम्म वडा नं ४ काे च्यादलु खेलमैदानमा संचालित अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता शनिबार एक भव्य समापन समारोहका साथ सम्पन्न भएको छ।

प्रतियोगिताकाे समापन समारोह खेलकुद विकास समितिका अध्यक्ष श्री सुदिप सुनुवारकाे सभाध्यक्षतामा उमाकुण्ड गाउँपालिकाकाे श्रद्धेय अध्यक्ष शेर बहादुर सुनुवारकाे प्रमुख आतिथ्यमा, विशेष अतिथिहरू गाउँपालिकाका श्रद्धेय उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठ, अतिथिहरू गाउँपालिका प्रवक्ता एंवम् ७ नं वडाका अध्यक्ष रूद्रमणि नेवार, १ नं वडाका अध्यक्ष ङावातिण्डु शेर्पा, ४ नं वडाका अध्यक्ष मान बहादुर सुनुवार, ५ नं ५ वडाका अध्यक्ष कुल बहादुर बस्नेत, नेपाली कांग्रेस प्रतिनिधि धनराज लामिछाने, नेकपा एमाले उमाकुण्ड गाउँपालिका कमिटी अध्यक्ष नवराज खत्री, नेकपा माओवादी केन्द्रका गाउँपालिका कमिटी सचिव डिल्ली बहादुर सुनुवार, खिजीदेम्बा गाउँपालिका ३ नं वडाका अध्यक्ष टंकराज सुनुवार, कार्यपालिका सदस्य आङ गेली शेर्पा, पुर्व कार्यपालिका सदस्यहरू प्रेम कुमारी विक, माेहन बहादुर सुनुवार, चण्डेश्वरी माविका प्रअ शेष कुमार श्रेष्ठ, कैलेश्वर मावि गुप्तेश्वरकाे प्रअ प्रदिप कुमार सुनुवार, वडा खेलकुद विकास समितिका संयाेजकहरू, सुनुवार सेवा समाजका अध्यक्ष विनाेद कुमार सुनुवार, शिक्षक, कर्मचारी, पत्रकार, खेलप्रेमी महानुभावहरू, समाजसेवी, स्थानीय समुदायहरूकाे उपस्थितिमा विविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको हो ।

गाउँपालिकाकाे प्रायोजन तथा खेलकुद विकास समितिकाे आयोजनामा भएको खुल्ला अन्तरपालिका पुरूष तथा महिला फुटबल प्रतियोगितामा पुरूष तर्फ ९ टिम र महिला तर्फ ४ टिमको सहभागिता रहेकाे थियाे ।
बैशाख २८ गते समापन समारोह सम्पन्न गर्ने याेजना बनाएता पनि माैसमले साथ दिएको हुँदा उक्त कार्यक्रम शनिबार नै सम्पन्न गरिएको उमाकुण्ड खेलकुदमा विकास समितिले जनाएको छ।

शनिबार बिहान ९ बजेबाट शुरू भएको महिला फुटबल प्रतियोगिताकाे पहिलो खेल भुजी र चण्डेश्वरी युथ क्लब प्रितीबीच भएको थियाे ।
उक्त खेलमा भुजीले चण्डेश्वरी युथ क्लब प्रितीलाई ११-० ले हराएको थियाे । त्यस्तै गरि दाेस्राे खेलमा खिजीदेम्बा गाउँपालिकाले उमाकुण्ड ४ प्रितीलाई ३-० ले हराएको थियाे । महिला फुटबल प्रतियाेगितामा शीर्षस्थान ७ अंक सहित खिजीदेम्बा गाउँपालिकाले प्रथम स्थान हासिल गरेकाे छ । उमाकुण्ड ७ भुजीले ५ अंक सहित दाेस्राे स्थान हासिल गरेकाे छ । त्यस्तै उमाकुण्ड ७ भुजीले ५ अंक सहित दाेस्राे स्थान हासिल गरेकाे छ ।
पहिलाे र दाेस्राे हुने टिमले क्रमशः नगद ५० हजार र ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तै गरि तृतीय र चाैथाे स्थान हासिल गर्ने उमाकुण्ड ४ प्रिती र चण्डेश्वरी युथ क्लब प्रितीले क्रमशः नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
त्यस्तै गरि तृतीय र चाैथाे स्थान हासिल गर्ने उमाकुण्ड ४ प्रिती र चण्डेश्वरी युथ क्लब प्रितीले क्रमशः नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छन ।
महिला फुटबल प्रतियाेगिता तर्फ सर्वाेकृष्ट महिला खेलाडी उमाकुण्ड ४ प्रितीका साने वाइवा घाेषित हुँदै नगद रू. ३००० र ट्रफी प्राप्त गरिन् । त्यस्तै सर्वाधिक गाेलकर्ता खिजिदेम्बा गाउँपालिकाकी निशा कुमारी मगर, उत्कृष्ट गाेलकिपर भुजीकी झरणा नगरकोटी र स्थानीय राइजिङ खेलाडीमा चण्डेश्वरी युथ क्लबकी गाेलकिपर सलिना खुलाल घाेषित हुँदै खेलाडीहरूले क्रमशः रू. २००० नगद सहित ट्रफी प्राप्त गरेका छन् ।
त्यसैगरी महिला फुटबल प्रतियोगिताकाे खेल समापन सँगै भएकाे ३५ वर्ष उमेर भन्दा माथिको भुजी गुप्तेश्वर र प्रितीबीच भएको भेट्रान टिमको मैत्रीपुर्ण खेलमा भुजी गुप्तेश्वरले प्रितीलाई २-१ ले हराउँदै नगद २१ हजार पुरस्कार प्राप्त गरेकाे छ। उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले वितरण गर्नु भएको हो ।
त्यस्तै पुरूष फुटबल फाइनल प्रतियोगितामा आकाशे ब्वाइज क्लब मन्थलीलाई टाइब्रेकरमा ४-२ ले हराउँदै विजेता चण्डेश्वरी युथ क्लब प्रितीले १ लाख ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । उपविजेता आकाशे ब्वाइज क्लब मन्थलीले ९० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

त्यसैगरी सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमहरू हिल भ्यू एफसी रामेछाप र मिलनचाेक युथ क्लब प्रितीले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छन् ।
त्यस्तै गरी पुरूष फुटबल प्रतियाेगिता तर्फ सर्वाेकृष्ट खेलाडी आकाशे ब्वाइज क्लब मन्थलीका रामकृष्ण माझीले नगद रू. ५००० र ट्रफी प्राप्त गरेका छन् । त्यस्तै सर्वाधिक गाेलकर्ता आकाशे ब्वाइज क्लब मन्थलीकै करण खड्का, उत्कृष्ट गाेलकिपर तथा खेलकाे म्यान अफ दि म्याच चण्डेश्वरी युथ क्लबका निशान थापा मगर घाेषित हुँदै खेलाडीहरूले क्रमशः रू. ३००० नगद सहित ट्रफी र म्यान अफ दि म्याच हुने खेलाडीले नगद रू. २००० प्राप्त गरेका छन्।
विजेता खेलाडीहरूलाई उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठ, वडा अध्यक्षहरू तथा राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा नगद पुरस्कार राशीसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको हो ।
अन्तरपालिका पुरूष तथा महिला फुटबल प्रतियोगिता सम्पन्न गराउन सहयोग पुर्याउनु हुने स्वंयसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निर्णायक मण्डल लगायत सहयोगी हातहरूलाई प्रशंसा पत्र र मायाको चिनाेद्वारा सम्मान गरिएको थियाे ।
समापनको क्रममा आयोजक पक्षले सम्पूर्ण सहयोगी संस्थाहरू र स्थानीय समुदायलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रिय सहभागिताको अपेक्षा राखेको बताएको छ।

