काठमाडौँ: युवाकवि मधुसुदन घिमिरेको कवितासङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएको छ ।
जेष्ठ १५ मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा कवि उषा शेरचन, विप्लक प्रतीक, हेम प्रभास अधिकारी, साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालालगायतले कवितासङ्ग्रह संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
कवितासङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएसँगै देशैभरका बिभिन्न स्थानमा रहेका पुस्तक पसलहरू बाट लिन सकिन्छ ।साथै व्यक्तिगत रूपमा लिन चाहनु हुन्छ भने घिमिरेलाई सम्पर्क गरेर पनि लिन सक्नु हुने छ।
पुस्तक काठमाडौको बागबजारमा रहेको रत्न पुस्तक , पेज टार्नर, प्राज्ञिक बुक्स ,पाटन ढोकाको पाटन बुक्स, अनामनगरको अक्सफर्ड, पुतलीसडको मञ्जरी पब्लिकेशन , मध्य बानेश्वरको अभिषेक बुक्स एण्ड स्टेश्नरी ,कौशलटारको साहित्यपोस्ट कार्यालय पोखराको हिमालयन रिर्डस कर्नर , नारायणगढको सम्पूर्ण किताब नारायणगढ, पाउन सकिन्छ।
अथवा घरमै बसेर अनलाइनबाटअर्डर गर्न चाहने साथीहरूले किताब यात्राबाट https://kitabyatra.com/product/mayako-aayatan-C2Etlr “मायाको आयतन” भित्राउन सक्नु हुने छ।
१२५ थान छोटा आयतनका कविता सङ्ग्र गरिएको सङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।
सङ्ग्रहमा रहेका कविताहरूसँगै चित्रहरूसमेत रहेका छन्, जसले अमूर्त रूपमा कवितालाई दृश्य दिएका छन् । सङ्ग्रहमा प्रेम सम्बन्ध, सामाजिक समस्या, देश तथा युवाहरूको वर्तमान अवस्था समेटिएका कविता छन ।





