नेपाल एक बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषता र भौगोलिक विविधताले भरिएको देश हो । आफ्नै मौलिक संस्कार र संस्कृति भएको प्रकृतिपुजक कुमाल समुदायको राष्ट्रिय पर्व माघे सक्रातिको अवसर समस्त देशबासीहरुमा सुख शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
कुमाल समाज नेपाल, केन्द्रीय समितिको आयोजनामा देशभरका कुमाल एकै स्थानमा सहभागी भई मिति २०८० माघ १ गते (माघे सक्राति)का दिन भरतपुरमहानगरपालिका वडा नंं २८, गोलाघाट चितवनमा हर्ष उल्लासका साथ माघे सक्राति पर्व मनाउन लागेको जानकारी गराउन चाहन्छौं । यस कार्यक्रममा सांस्कृतिक कार्यक्रमसहित मौलिक वेशभूषा प्रदर्शन हुनेछ । आफ्नो मौलिक घर, पाहुनाको स्वागत सत्कारका चाल चलनलाई पनि प्रदर्शन गरेर मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने छ ।
कुुुमाल समुदायका लागि माघे सक्राति दसैँ, तिहारभन्दा पनि ठूलो पर्व हो । तर राजपत्रमा कुमालको मुख्य चाड माघे सक्राति हो भनि सम्बोधन हुन सकेको छैन । अन्य समुदायको पर्वलाई राज्यले सम्बोधन गरेको तर कुमाल समुदायको पर्वलाई सम्बोधन नगरेकाले प्रधानमन्त्रीलाई नै सहभागी गराएर कुमालको मुख्य चाड माघे सक्राति हो भन्ने सन्देश दिन खोजिएको छ । राष्ट्रिय रुपमा आयोजित यस वृहत कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थिति रहनेछ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती, भरतपुर महानगरपालिका मेयर रेणु दाहाल, प्रदेश स्तरीय विभिन्न राजनीतिक दलका राजनीतिकर्मी, पूर्वअध्यक्ष, कुमाल समाजका प्रवुद्ध व्यक्तित्वहरु लगायत देशभरका जिल्ला, नगर, इकाईबाट कुमाल समुदायको उपस्थिति रहनेछ । कुमाल समुदायका माननीय सभासद, डाक्टर, इन्जिनियर, जनप्रतिनिधि, राष्ट्रिय कलाकार, खेलाडी, विद्यार्थी, जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
कुमाल समुदाय देशका ७० वटा जिल्लामा बसोबास गर्दछन् । २०७८ को जानसांख्यिक आँकडा अनुसार १२९७०२ को जनसंख्या रहेको छ । यस कार्यक्रममा ७० जिल्लाबाट छ हजारभन्दा बढी कुमालहरु सहभागी हुनेछन् । यस बृहत कार्यक्रममा कुमाल समुदायको मौलिक घर, खाना, वेशभूषा, नृत्य र राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने अन्तिम तयारी भइरहेको छ । यस कार्यक्रमबाट लोप हुुदै गरेको कुमाल समुदायको संस्कृति संरक्षण गर्न सहयोग पुग्ने विश्वास गर्दछौं । प्रकृति पूजक कुमाल जातिले राष्ट्रिय पर्वको रुपमा माघे सक्राति मनाउनुको आफ्नै विशेषता र प्राकृतिक महत्व छ । खेतीबाली भित्रयाएपछि पुसमा पकाएर, माघमा खाने चलनको रूपमा प्रचलित छ । सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने कारणले प्रकृति पूजक जातिले नयाँ वर्ष शुरुवातको रूपमा मान्ने चलन छ ।
कुमाल जातीमा माघे सक्राति मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा मानिदै आएकोछ । यो पर्व ठुलो सक्राति पर्वका रूपमा बडो उत्साहका साथ हरेकले स्थानीय, समुदायगत र आफ्नै घरमा मनाइदै आएको थियो । तर यस पर्वमा सामूहिक रुपमा गोलाघाट, चितवनको यो रमणीय प्राकृतिक सौन्दर्यले भरिएको स्थानमा आयोजित गरिएको समेत जानकारी गराउँदछौं । सक्रातिको बिहानै घरको मुलि खोलामा गएर नुहाउने र घरमा आइ पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा छ । छोरी कुटुम्बलाई घरमा बोलाएर पुज्ने समेत गरिन्छ । कुखुरा सुँगुरको मासु, माछा, सेल रोटी, खुदौरो÷फुरौला (घिउचाकु), भाते जाँड, साथमा अन्य मिठामिठा परिकार, प्राकृतिक फल÷कन्दमुल तरुल, पिडालु, सखरखण्ड लगायतका खानेकुराहरु खाने चलन छ ।
माघे संक्रान्तिका दिन गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ । सोही अनुसार यस दिन प्रकृति पुजक कुमाल समुदायका मानिसहरु नदीमा स्नान गरी पितृलाई सम्झी पूजा गर्ने गर्छन । साथै यो पर्वमा चेलीबेटी पुज्ने समेत गरिन्छ ।