काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ ।
अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ ।
यसमा न्युनतम रु पच्चीस हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ ।
सरकारी बैंक भएको र जनबिश्वास उच्च भएकोकारणले पनि लामो समयमको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको देखिन्छ ।
संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत संचालनमा ल्याएको छ ।
यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले रु १ लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् ।
बैंकले बिदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ ।
अबदेखि यो खातामा बिदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम रु २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ ।
नेपाल बैंक सरकारी बैंक भएको र नेपालभर शाखा संजाल भएको कारणले पनि बिदेशमा रहेका नेपालीहरुबीच नेपाल बैंकको डबल धमाका रेमीट्यान्स मुद्दतीखातामा बढ्दो आकर्षण देखिएको छ ।
यी डबल धमाका मुद्दती खाताहरु सिमित अवधिको लागि मात्र संचालनमा ल्याइएको बैंकले जनाएको छ ।