काठमाडौँ । जिआ.अटोमोबाईल्स्प्रा.लिले अन्तर्राष्ट्रिय बजार (थाइल्याण्ड) बाट निर्यात गरी २.० लिको नेक्सट जेन फोर्ड रेन्जर नेपालीबजारमा भित्राएको छ ।
फोर्ड रेन्जर विश्वव्यापीबजारका साथएशियाली मुलुकहरुमा सबैभन्दा धेरैँ रुचाईएको पिकअप ट्रक मध्ये एक भएकाे र यसले दरिलो, सक्षमभार वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्यातिकमाएको कम्पनीकाे दाबी छ।
नेक्स्ट जेन फोर्ड रेन्जरले जुनसुकै बाटोमा-अन रोड होस् या अफ रोड एक आनन्ददायी सवार प्रदान गर्नेमा विश्वस्त छन् यसको विश्वसनीय अफ-रोड क्षमता, टोईङ्ग तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट इन्धनकिफायती इन्जिनकाकारण यो पिकअप हरेकको रोजाईमा पर्ने विश्वास लिइएको छ।
ट्रान्समिसन: ६र १० एटी स्पीड ट्रान्समिसन
नेक्स्ट-जेन रेन्जर ६-स्पीड र १०-स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । हालको रेन्जरमा रहेको जस्तै ६-स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो ।
यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट-जेन रेन्जरको १०-स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ । यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरु समावेश गरेका छन् जसले गर्दा टोइङ्ग वाभारी सामान लादेर चलाउँदा पनि नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राइभिङ्गको अनुमति दिन्छ ।
यसमा रहेकोइलेक्ट्रिक पार्किङ्ग ब्रेकले साहसिक तथा अफ-रोड ड्राईभमा गाडी हाक्नथप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरु मध्ये यसमामात्र रहेको छ ।
अटो ट्रान्समिसन गियर शिफ्ट र इलेक्ट्रिक पार्किङ ब्रेक
रेन्जर अटो ट्रान्समिसन गियर सिफ्टको साथउपलब्ध छजसमा पि, आर, एन र डि गियरहरूस्पोर्टमोडकोलागि बटनहरू छन् जहाँ चालकहरूले व्यक्तिगत गियरहरू रोज्न सक्छन् ।
इलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ रोड ड्राईभमाथप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । यो सुविधा मध्यम पिकअप गाडीहरूमा सबैभन्दा उत्कृष्ट फिचरहो ।
सेलेक्टेबल ड्राइभ मोडहरू नेक्सट जेन फोर्ड रेन्जरमानर्मल इको, टो/हौल र स्लिपरी, मड/रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ-रोड मोडहरू छन् । यीमोडहरूले गियरशिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रणहरू, एविएस र थप सबै कुरामा समायोजन गर्दछ ।
न्यु सिंक डिस्प्ले र बटन लेआउट
नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रीन र वटनहरु चलाउनलाई सहजहुने हिसाबले राखिएको छ जसमा हामीले सजिलैसँग म्यानुअल सिस्टम तथा डुयल जोन अटोमेटिक ए.सि. छनौट गर्न सकिनेछ।
एउटा डायल थिचीतपमान र ब्लोअर गति नियन्त्रण गर्न सकिन्छ ताकी गाडी चलाउँदै गर्दा आफ्नो ध्यान बाटोमा नै राख्न सकोस् । यसको सरल लेआउटले अन्यफिचरहरु पनि सजिलै चलाउन सकिन्छ ।
वाटर वेडिंग
नेक्स्ट-जेन रेन्जरले ७किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्दछ। नेक्स्ट-जेन रेन्जरले सडकमा जस्तै पानीमा पनि सजिलैसँग ड्राईभ सुनिश्चित गर्न व्यापक कम्प्युटर-सहायतामा शीर्ष इन्जिनियरिङहरुको परीक्षण तथा निगरानीमा पानीमा अगाडि र पछाडी दुवै तर्फकठोर रुपमापरीक्षण गरेको हुन्छ ।
अन्डरबडी प्रोटेक्सन
अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा खेरि यसको अत्यावश्यककम्पोनेन्टहरू सुरक्षितगर्न मद्दत गर्छ ।
नेक्स्ट-जेन रेन्जरका सेलेक्टमोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसकालागि सुरक्षात्मक अन्डरबडी शिल्डहरू रहेका छन् जुन प्रेस र फोल्डेड लेजर-कट स्टिलबाट बनाइन्छ।
प्रेस र फोल्डेडे लेजर कट स्टिलले मात्रफोल्ड गरिएको स्टिलभन्दा दरिलोपन र तौलको अनुपातमा बढी मजबुत हुन्छ । ग्राहकहरुको छनौट तथामूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शील्ड पनि उपलब्ध छ । यी शील्डहरु सुरक्षित रूपमा सवारी साधनको चेसिसमा बोल्ट गरिएको छ जसले गाडीको पूर्ण बडी संरचनासँग पूरकको रुपमा रहन्छ ।
नेपालमा २०२२ नेक्स्ट-जेन फोर्ड रेन्जरको लागिआकर्षक परिचयात्मक मूल्य एक्स एल मोडेलको लागि १,०५,९०,०००, एक्स एल टिको लागि रु.१,१९,९०,००० र विल्ट्रयाकको लागि रु. १,४५,९०,००० रहेको छ ।