काठमाडौँ । आउँदै गरेको दसैँमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ ।
यो अफरअन्तर्गत अब भायानेटको अल्ट्रा-फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १/१ मेस राउटर वा एमआई ४ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न कम्पनीले जनाएको छ ।
यो दसैँ भायानेटको अल्ट्रा-फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र ९९९ रुपौयाँ प्रति महिनामा पाउँन सकिन्छ ।
यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ।एन।युसँगै अब ग्राहकहरूले नोकियाको बीकन १/१ मेस राउटर वा एमआई ४ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन्।
कम्पनीका अनुसार यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ । ग्राहकले मेस राउटर लिनका लागि ४००० रुपौयाँ र एमआई ४ ए राउटरको लागि १५०० रुपौयाँ डिपोजिट गर्नुपर्नेछ ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो ।
साथै भायानेटले वार्षिक सदस्यतामा मात्र १५० रुपौयाँ प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ। यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेटटप बक्स मात्र ५०० रुपौयाँ डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् ।
भायानेटको अल्ट्रा-फाई लाइन अप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेजमध्ये पइछन् । उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा-फाई लाइन अप विशेष मानिएको छ ।
अहिले चलिरहेको अल्ट्रा-फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रै वा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा दिएको कम्पनीले जनाएको छ ।