पर्वत । नेपाली कांग्रेस पर्वतका पूर्वपार्टी सभापति खेमप्रसाद भुसालको उम्मेदवारीको चर्चा यतिबेला पर्वतका कुना-कुनामा चलेको छ ।
सबैसँग राम्रो व्यवहार गर्ने कुशल र जिम्मेवार नेताको रुपमा पनि भुसालको नाम पर्वतको राजनीतिमा सधैँ अगाडि आइरहेको हुन्छ । विद्यार्थी कालदेखिनै नेपाली कांग्रेसमा आवद्ध भएका भुसाल नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिको पटक-पटक सचिव हुँदै जिल्ला सभापतिसमेत भएका नेता हुन् ।

पर्वतको दुरदराजमा रहेका भुसाल माओवादी द्वन्दकालमा पनि पार्टीको नेतृत्व गर्दै पार्टीलाई अगाडि बढाउन उल्लेख्य भूमिका निर्वाह गरेका नेता हुन् । जनताको काम गर्न पाउँदा खुसी हुने नेता भुसाल पटक-पटक बिरामी पनि परे ।
जनता भन्छन्, ‘मृत्युको मुखबाट बचेर आएका भुसाललाई हामी एक पटक सांसद भएको हेर्न चाहान्छौँ ।’ लामो राजनीतिक यात्रा गरेका भुसाल आजको दिनसम्म कुनै लाभको पदमा बसेका छैनन्।

पर्वत प्रदेख ‘ख’का शुभचिन्तकहरु भन्दछन् हामी यो पटक खिम भुसालालाई हाम्रो जनप्रतिनिधिको रुपमा हेर्न चाहान्छौँ । हाम्रो माग पार्टीे पूरागर्छ भन्ने विश्वास लिएका छौँ ।
उनको संभावनाबढी किन छ भने उनी सबै नेपाली कांग्रेस पर्वतका पार्टी नेता तथा कार्यकर्तालाई मिलाएर लौजाने उनको खुबी छ । उनी आफू नेपाली कांग्रेस पर्वतको पार्टी सभापति हुँदा नेपाली कांग्रेसको पार्टी कार्यालयलाई भाडाको घरबाट भब्य विपी स्मृती भवन बनाएर सञ्चालन गरेका थिए ।

उनको सरल स्वाभाव जिल्लामा अति नै लोकप्रिय छ । जिल्लादेखि केन्द्रका नेताहरु भुसाललाई अति नै राम्रो छबी भएको नेताको रुपमा लिने गरेका छन् । गाउँ-गाउँमा चर्चा समेत हुन थालेको छ कि यो पटक खिम भुसाल पर्वत ‘ख’ निर्विरोध एकमात्र सिफारिस भएका उम्मेदवारहरु मध्ये पर्नेछन् ।

साथै नेपाली कांग्रेस पर्वतले उनको नाम समानुपातिकको संघमा पनि सिफारिस गरेको छ । भुसालको चर्चा यतिबेला जताततै चलेको छ । विपक्षहरुमा समेत लोकप्रिय छबी भएका नेताका रुपमा उनलाई लिने गरिन्छ ।