काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको आउँदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई–कमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ ।
बैंकको कार्डबाहक ग्राहकले विभिन्न ई–कमर्श प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरुले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउनेछन् ।
यस नगदफिर्ता योजना यही भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजनाअन्र्तगत बैंकको कार्डबाहक ग्राहकले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सोभन्दा धेरै संख्याको ईकमर्श कारोबार गर्नुपर्नेछ र कारोबार रकम रु. १०,००० वा सोभन्दा बढी रकम हुनपर्नेछ ।
यदि कोही ग्राहकको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहक ग्राहककाहरुले बैंकको वेवसाइटमा गई आफै कार्डअनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् अथवा आफूलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सक्नेछन् ।
बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्श प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफूलाई मनपर्ने सामानहरु खरिद गरी बैंकको कार्डबाट विद्मुतीय माध्यमबाट भुक्तानी गरिरहेका छन् । पछिल्लो समय कार्डबाट हुने विद्युतीय भुक्तानी कारोबारमा यस बैंकको ग्राहक महानुभावहरुको रुची वृद्धि भईरहेको छ ।
यस्तै रुचीहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहक ग्राहकहरुको फाईदाको लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ । यस नगदफिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहक महानुभावहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ ।
साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहक ग्राहकहरुलाई फाईदा लिन बैंक आव्हान गर्दछ ।
विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि यस्ता योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।