काठमाडाैँ - चाडपर्व होस्वा विशेष अवसर यामाहा नेपालले आफ्ना ग्राहकहरूको उत्साहमा रोमाञ्चकता थप्न केही नकेही योजना ल्याइरहेको हुन्छ ।
नेपालीहरूको महान चाडदसैँ-तिहार र छठ, २०७९ लाई लक्षित गर्दै, नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले, ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना ल्याएको छ ।
भाद्र २१ बाट सुरुभएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कूटरको खरिदमा लागु हुनेछ ।
कम्पनीका अनुसार ‘यामाहा फेस्टिभह्याट्रिक’अन्तर्गत यामाहाको कुनैपनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योरशट उपहारमा ६,००० नगद जित्न सक्नेछन् ।
यस्तै ‘फिफा विश्वकप २०२२’लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत हरेकदिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्टटिभी जित्न सक्नेछन् ।
यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत, अब यामाहाको बाइक वा स्कूटर खरिद गर्नचाहनेहरूका निम्ति कम्पनीले अझसुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ ।
कम्पनीको अनुसार यस योजना अवधिभित्र यामाहाको बाइकवा स्कुटर किन चाहनेहरूले पहिले जस्तो लामो प्रक्रियाबाट गइरहन पर्नेछैन ।
सिमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरागरी यामाहाको बाइक वा स्कुटर लिनसक्ने छन् ।
साथै, 'चाडपर्वमा ग्राहक वर्गको अपेक्षा सधैँ बढी हुने र यस ‘यामाहा फेस्टिभ ह्याट्रिक’ को योजनाले ग्राहकको अपेक्षा पूरा गर्नेमा हामी पूर्णरूपमा विश्वस्त छौँ।र आउँदै गरेको विश्वकप २०२२ लाई पनि अझ रोमाञ्चक बनाउन हामी निकै आशावादी तथा उत्साहित छौँ ।' उत्साहित हुँदै यामाहा नेपालका सिईओ राजुक्षेत्रीले बताए ।
छठसम्म लागु हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुनेछ ।