काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित 'क'वर्गका नेसनल प्याथल्याबबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने सम्झाैता भएको छ ।
बैंक र नेसनल प्याथल्याबबीच भएकाे समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले नेसनल प्याथल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरूमा १७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेमा बैंकले जनाएकाे छ ।
आफ्ना ग्राहकहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइनखाताखोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।
जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभइकन ०१-५९७००६८ नम्बरमा फोन गरी तथा support@ctzn bank.com मा ईमेल गरी प्राप्तगर्न सकिनेछ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ५७हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।