नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आज मिति २०७८ साल बैसाख २२ गते भर्चुअल बैठक बस्यो । उक्त बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरू, पूर्व सभापति, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका- नगरपालिका पार्टी सभापतिहरू, वरिष्ठ स्वास्थकर्मीहरू, नागरिक समाजका वरिष्ठ ब्यक्तित्वहरू, पत्रकार साथीहरू, सम्पर्क समितिका अध्यक्षहरु, वडा अध्यक्षहरु लगायत साथीहरुको सहभागिता रह्यो । बैठकमा कोभिड-१९ बाट उत्पन्न संकट र त्यसको समाधानका उपाय तथा त्यसका लागि नेपाली कांग्रेस पार्टीले खेल्नसक्ने भूमिकाका सन्दर्भमा गम्भीर छलफल भयो । यस्तो माहामारीमा सरकारको अदूरदर्शिता र बेवास्ताका कारण माहामारीबाट आक्रान्त नागरिकको जीउधनको सुरक्षा गर्नु हामी सबैको साझा कर्तब्य हो भन्ने बैठकको निश्कर्ष रह्यो । बैठकको निर्णय अनुसार सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, पत्रकार, शिक्षक ,राष्ट्रसेवक कर्मचारी , सुरक्षाकर्मी र बिषेशगरी फ्रन्ट लाइनमा रहेर लडिरहनु भएका स्वास्थकर्मी साथीहरुमा अझै उच्च मनोबलका साथ एक भएर लड्न नेपाली कांग्रेस नुवाकोट अपिल गर्दछ । महामारीबाट आक्रान्त नागरिकहरूको जीवनरक्षाका लागि आफ्नो तहबाट सक्दो योगदान पुर्याउनु नेपाली कांग्रेसको राजनीतिक एवं सामाजिक कर्तव्य रहेको यथार्थलाई हृदयंगम गरी जिल्ला पार्टी कार्यालयलाई कोविड अस्थायी अस्पताल बनाउने विषयमा समेत जिल्ला कार्यसमितिको बैठकको निम्न निर्णय गरेको छ ।
१. जिल्लामा कोविड अस्पतालको अभाव हुन नदिन पार्टी अफिसलाई डिसिएमसीले नै अस्थायी कोविड अस्पाताल संचालन गर्ने भए आवश्यक पूर्वाधार तयार गरी तीन महिनाका लागि उपलब्ध गराउने । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई सहमति पत्र दिइसकिएको हुँदा प्रजिअ र डिसिएमसीसंग थप छलफल गर्ने । सरकारले सदासयताका साथ सहकार्य गर्न चाहेमा त्यसै गर्ने ।
२. सरकारले प्रयोग नगर्ने भए पार्टी आफैँले अस्थायी आइसोलेसन केन्द्र सञ्चालन गर्ने । यसका लागि अन्य पार्टीका नेता र सरोकारवालाहरूसंग छलफल गरिने ।
३. पार्टी आफैँले गर्ने गरी अनुमति पाएमा हामी सबै मिलेर अघि बढ्ने र सरकारी संयन्त्रसँग समन्वय गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने ।
४. पार्टीका सबै तहका नेता, कार्यकर्ताले आ-आफ्नो ठाउँबाट योगदान गर्न र प्राप्त जिम्मेवारी वहन गर्न तयार रहन सबैमा आग्रह गर्ने ।
५. यो प्रारम्भिक बैठक भएकोले थप निर्णय पदाधिकारीहरू र आवश्यक जिम्मेवार नेताहरूसँगको बैठक र छलफलबाट निर्णय लिई सबैलाई जानकारी गराई कार्यान्वयन गर्ने ।
जगदिश्वरनरसिंह केसी सभापति नेका नुवाकोट ।