काठमाडौँ । पछिल्लो समयमा युवा पुस्ताको सहकारी क्षेत्रमा बढी आकर्षित भएको पाइन्छ । समान र सामान्य आय स्तर भएका व्यक्तिहरुमा वित्तिय पहुँच पुर्याउन सहज माध्ययम रहेको सहकारीमार्फत देशमै केही गर्छु भन्ने उर्जाशील युवा पुस्ताले आफ्नो र आफ्ना सदस्यको भविश्य सहकारीमै खोज्ने गरेको पाइन्छ ।
यसैको एक उदाहरण हो काठमाडौँको बानेश्वरमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड। देशका विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौँमा आएका यी पाँच युवाले सामूहिक रुपमा लगानी गरेर सहकारी स्थापना गरेका छन् ।

काठमाडौँ महानरपालिका- १० बानेश्वरमा स्थापना गरिएको सो सहकारीको सोमबार एक कार्यक्रमकाबीच औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा अटोमोबाईल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ,हिमालयन अर्गनाइजेसन सस्थापक तथा समाजसेवी प्रमुख अतिथी धुर्ब थापा लगायत स्थानीयबासी, बुद्धिजीवी , ब्यापारी गरी करिब ४ सय जनाको उपस्थित रहेको थियो।

अध्यक्ष समुन्द्र गिरी, हिमचुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२४ वर्षिय समुन्द्र गिरी अध्यक्ष रहेको सो सहकारीको सञ्चालक उनीसँगै भुपेन्द्र बस्नेत, गजेन्द्र खड्का, रामकृष्ण उप्रती र मानबहादुर भोलान रहेका छन् ।
रोजगारीका लागि युवा शक्ति विदेशीनुपर्ने बाध्यताले आफूहरुलाई पनि थिच्न थालेपछि साथीहरु मिलेर देशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ सो सहकारीको स्थापना गरिएको सहकारीका अध्यक्ष तथा सञ्चालक समुद्र गिरी बताउँछन् ।
यस्तै, उद्घाटनमा बोल्दै प्रमुख अतिथी थापाले हिमचुलीलाई युवाले सफलताका साथ लैजाने विश्वास व्यक्त गर्दै यसलाई विश्वास गरी सहकार्य गर्न सबै सेयर सदस्यलाई आह्वान गरेका छन् ।