पर्वत । पर्वत जिल्लाको बिहादी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष परविन गुरुङ जिल्लाको दक्षिणी भेगमा जन्मिएका कुशल, शालीन र दुरदर्शी युवा नेता हुन् ।
राजनीतिसँगै समाजसेवामा पनि त्रियाशील रहने उनले विभिन्न समयमा स्थानीय स्तरको सेवाको लागि काम गरेका कयौँ उदाहरणहरू त्यहाँका स्थानीयको मनमा छरपस्ट छन् ।
विसं २०४५ सालमा पर्वतको नेपालतारा माविमा अध्ययन गर्नेबेला नेविसंघमा सदस्यता लिएर विद्यार्थी कालदेखि नै सक्रिय रुपमा राजनीतिमा लागिपरेका गुरुङले त्यस क्षेत्रमा निकै लोकप्रियता कमाएका छन् ।
राजनीतिसँग लगाब बसेका गुरुङ एसएलसी पछि प्लस्टु पढ्न पाल्पा गएर त्यहाँ पनि २०४६ सालदेखि २०४७ सालसम्म त्रिविअन्तर्गतको तानशेन कलेजमा नेविसंघको इकाइ सभापति भएर काम गरे ।
पढाइमा पनि राम्रो लगाब भएका उनले पढाइसँगै अतिरिक्त त्रियाकलाप, राजनीति, समाजसेवा सबैलाई उस्तै गतिमा लैजान सक्नु नै उनको निकै सवल पक्ष हो । यसैले उनलाई राजनीतिमा मात्र नभएर अन्य क्षेत्रमा समेत काम गर्नको लागि मार्गप्रस्ट बनायो ।
२०४९ सालको संसदीय चुनावमा क्षेत्र नम्बर २ का युवा परिचालन समितीको संयोजक भइ कार्य अनुभव लिएका उनीमा जो कोहीमा राजनीतिक प्रभाव पार्नसक्ने राम्रो खुबी छ । यसकारण पनि उनी लोकप्रिय बनेको मान्न सकिन्छ ।
२०५३ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बनि २०५४ सालको निर्वाचनमा निकै सक्रिय रुपमा लागिपरेका उनलाई पार्टीले उनको लागशीलताको आधारमा तत्कालिन गाविस अध्यक्ष बन्नको लागि प्रस्ताव गरेको थियो । तर पदीय भन्दापनि दलीय स्वार्थता र जन आवश्यकतालाई प्राथमिकता दिने उनले सो मौका आफूले नलिई आफ्ना अग्रज नेतालाई दिएका थिए ।
मुलुकमा माओवादीको दोन्द चर्किरहेको विषम परिस्थतिमा पनि उनले इलाका नम्बर ११ अन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ मा रहेर नेता कार्यकर्तालाई संरक्षण गर्नुका साथै जनतको सहजता र संरक्षणको लागि आफ्नो ज्यानको प्रवाह नगरी लागि परेका थिए ।
यसका साथै उनले राजनीति र आफ्नो दलको लागि धेरै नै योगदान दिएका छन् । उनी ६४ र ७० सालको चुनावमा पनि नेपाली कांग्रेसलाई जिताउनको लागि सक्रिय रुपमा लागिपरेका थिए ।
२०७५ सालमा नेपाली कांग्रेसको पर्वत जिल्लाको कार्यसमिति सदस्यमा मनोनित भएका उनी २०७८ मा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमार्फत नेपाली कांग्रेस क्षेत्र नम्बर २ पर्वत ‘ख’को क्षेत्रीय सभापतिको रुपमा विजयी भए ।
निरन्तर संघर्ष, अथक मेहनतका साथ अनवरत रुपमा राजनीति तथा समाजिक कार्यमा लागेका उनले बिहादी गाउँपालिका अन्तर्गत विभिन्न सामाजिक संघसस्थामा आवद्ध भएर जनताको सेवा र सहजताको लागि काम गरेका छन् ।
यसअघिको निर्वाचनमा पनि उम्मेदवारी दिएका उनले पराजय बेहोर्नु परेका थियो । तर पनि त्यो पराजयलाई विजयको रुपमा बदल्नको लागि कत्ति पनि विचल्लित नभइ निरन्तर रुपमा जनताको लागि काम गरेका उनले यसपालिको निर्वाचनमा आफ्नो कर्म, त्रियाशीलता र निरन्तरताको फलस्वरुप लोकप्रिय मतका साथ बिहादी गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् ।
उनले कुनै ठूला प्रलोभन देखाएका छैनन् । कुनै ठूलो सपना देखाएका पनि छैनन् । जनताको आवश्यकता उनको प्रमुख प्राथमिकता हो ।
यसअर्थ उनले जनताको आवश्यकता अनुसारको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी तथा पूर्वाधार विकासका काममा जोड दिने जनाएका छन् ।
यसका साथै उनले आफ्नो कार्यकालभर जे जति विकास र बजेट हुन्छ । त्यसको पार्दशीता ल्याउनुका साथै भ्रस्टचार निर्मूल पार्ने कुरामा आफू प्रतिवद्ध रहने बाचा गरेका छन् ।