आदरणीय विहादीवासी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु,
यहाँहरुको अमूल्य मतले मलाई गरेको विश्वास प्रति हार्दिक आभार ! समुन्नत विहादी बनाउन यहाँहरुले मतमार्फत दिनुभएको पदचापलाई हार्दिक आभार !
विहादी निर्माणको यस महाभियानमा लोकतान्त्रिक तवरले निर्वाचनमा भाग लिई यहाँहरुले गर्नुभएको सहयोगलाई हार्दिक आभार !
यी आभार सहित तपाइहरुले आगामी पाँच वर्षको लागि मलाई विहादी गाउँपालिकाको अध्यक्ष पदमा जिम्मेवारी सहित विजयी गराएको छ ।
यहाँहरुको विश्वास, आशा र भरोसालाई म डग्न नदिने प्रण गर्दछु ।संयुक्त गठबन्धन मार्फत चुनावमा होमिइसकेपछी हामीले गरेका साझा संकल्प पूरा गर्ने मेरो ध्येय हुनेछ । ती लक्ष्य प्राप्तिको लागि आगामी दिनमा पनि मलाई तपाइहरुको साथ, सहयोग र खबरदारीको आवश्यकता पर्नेछ । समुन्नत विहादी सबै विहादीवासीको लक्ष्य हो, उद्धेश्य होन।
यो महान उद्धेश्यमा साथ दिने सम्पूर्णमा धन्यवाद ।
लोकतन्त्र रक्षार्थ बनेको गठबन्धनबाट निर्वाचित सम्पूर्ण ६ वटै वडाध्यक्ष ज्यू हरुलाई पनि हार्दिक बधाई ।
मेरो नेतृत्वमा बन्ने कार्यपालिका र गाउँसभा सदस्यज्यू हरुलाई पनि सङ्गै र सहकार्यका साथ अगाडि बढ्ने र लक्ष्य प्राप्तिको दिशामा अगाडी बढ्ने कुरा विदित गराउन चाहन्छु ।जुन आस्था र विचारले मलाई विजयी गराउनुभयो, त्यसको अलावा फरक विचार सिद्धान्त बोकेका दलहरुलाई पनि सङ्गै अगाडि बढानेछु ।हाम्रो सिद्धान्त र विचार फरक भएतापनि समुन्नत विहादी साझा लक्ष्य हो ।
यो लक्ष्य पूरा गर्न म अविचलित र अनवरत रूपमा लाग्नेछु ।जुन लक्ष्यले गठबन्धन बनेको थियो, त्यसमा पूर्ण सफलता मिल्न सकेन । गाउँपालिका उपाध्यक्षमा गठबन्धनका उमेदवार उपविजेता बन्नुभएको सम्मानित व्यक्तित्व सन्त बहादुर गुरुङको दृढ लक्ष्य र भिजनलाई सिरोधार्य गर्दै अगाडि बढ्ने प्रण गर्दछु ।निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।
अन्त्यमा,
गाउँपालिकाको टिकेट दिने, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, गाउँसहित वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था, पत्रकार, मतदान गर्न देश विदेशबाट आउनुहुने सम्पूर्ण मतदाताहरुप्रती ऋणी रहँदै यहाँहरुको आशा र भरोसा टुट्न दिने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद ।जय नेपाल ।