सत्ता साझेदार जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच पोखरामा मंगलबार स्वागत गरेका छन्।
एमाले प्रवेश गरेकाहरूमा जसपाका ९ जना केन्द्रीय सदस्य छन्। त्यस्तै प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भ्रातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यसहित ४ सयजना एमालेमा प्रवेश गरेका हुन्।
सुवेदी र नेपालीसहित संविधानसभा सदस्य थिए। कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वत जिल्ला अध्यक्ष नवीन पुन एमाले प्रवेश गरेका छन्।
सुखी नेपाली समृद्धि नेपाल बनाउन एमालेको विकल्प देखेनौँ,’ सुवेदीले एमाले प्रवेश गर्दै भनेका छन्, ‘राष्ट्रियताको रक्षा गर्न पनि एमाले नै अब्बल देखियो।’
सुवेदीले सबल र सक्षम नेतृत्व केपी ओलीमा मात्रै रहेको पनि बताएका छन्। एमाले प्रवेश गर्ने अभियानलाई देशैभर चलाएको सुवेदीले बताएका छन्।