काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने संकेत गरेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीको चाहना मुलुक निर्वाचनमा जाओस् भन्ने रहेकाले अहिल्यै समर्थन फिर्ताको निर्णय नलिएको बताएका हुन्।
‘राजनीतिक रूपमा त हामीले पुस ५ पछि नै प्रधानमन्त्रीको राजीनामा मागेका हौं,’ मंगलबार कानुन व्यवसायीसँगको परामर्शपछि गुरुङले भने, ‘कानुनी रूपमा समर्थन फिर्ताको टुंगो लागिसकेको छैन।’
माओवादी केन्द्रले फागुन २३ को सर्वोच्चको पुनरवलोकन गर्ने
उनले आफूहरू अहिले पनि समर्थन फिर्ता लिने वा के गर्ने भन्ने विषयमा परामर्शमा रहेको बताए ।
‘हामीले समर्थन फिर्ता लिए ओलीले ३० दिनभित्र विश्वासको मत पाउन सक्ने अवस्था नहुन सक्छ । त्यस्तो अवस्थामा उहाँले संसद्लाई के गर्नुहुन्छ भन्ने प्रश्न छ,’ गुरुङले भने, ‘हामी संविधान र सदनको रक्षा गर्नुपर्छ भन्ने पक्षमा छौं ।’
प्रधानमन्त्रीको संसद् विघटन गर्ने पक्षमा रहेको र आफूहरू त्यसलाई रोक्ने पक्षमा रहेको उनको भनाइ छ । सर्वोच्चको फागुन २३ को फैसलापछि सरकार संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत रहेको गुरुङले बताए ।
उनले भने, 'अहिले प्रधानमन्त्री त्यसपछिका सबै विकल्पमा आफू मात्रै भएको र अर्का सरकार गठन हुन नसक्ने भन्ने हिसाबले अघि बढिरहेको अवस्ठा छ।'