काठमाडौँ,३ जेठ
सासा ट्राभल्स प्रा. लि. ले आफ्नो पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। नेपालको ट्राभल व्यवसायमा नयाँपन दिने, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने र प्रतिस्पर्धी मूल्य कायम गर्ने उद्देश्यसहित सञ्चालनमा आएको कम्पनीले एक वर्ष पूरा गरेको हो।
एयरलाइन्स टिकटिङ, टुर्स तथा ट्राभल क्षेत्रमा एक दशकभन्दा बढी अनुभव बोकेकी युवा उद्यमी सोनी राणाले सन् २०२५ मे १५ मा स्थापना गरेको सासा ट्राभल्सले छोटो समयमै उल्लेखनीय प्रगति हासिल गरेको बताइएको छ। कम्पनीले अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा युरोपेली गन्तव्यहरूका टिकटिङ सेवामा विशेष दक्षता देखाउँदै आएको छ। साथै, आउटबाउन्ड ट्राभलतर्फ पनि राम्रो सफलता हासिल गरेको कम्पनीले जनाएको छ।
इन्डोनेसियाको बालीलाई केन्द्रमा राखेर फिक्स्ड डिपार्चर टुर्स सञ्चालन गर्दै आएको सासाले थाइल्यान्ड, श्रीलंका तथा युरोपका विभिन्न गन्तव्यहरूमा पनि टुर सेवा विस्तार गरेको छ।
काठमाडौंस्थित एक होटलमा आयोजित वार्षिकोत्सव समारोहमा एयरलाइन्स प्रतिनिधि, जीडीएस म्यानेजर, ट्राभल एजेन्सी प्रतिनिधि तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।
यसैबीच, कम्पनीकी प्रबन्ध निर्देशक सोनी राणा विङ्स अन्डर फोर्टी अन्तर्गत “बेस्ट ट्राभल इन्टरप्रेनर – वुमन अवार्ड” बाट सम्मानित हुनुभएको थियो। छोटो समयमा व्यवसायिक सफलता हासिल गरेकामा सहभागीहरूले उहाँको प्रशंसा गरेका थिए। कार्यक्रममा निरु दुग्गलले एमेडस नेपालकी कन्ट्री म्यानेजरले युवाहरूले उद्यमशीलताबाट प्रेरणा लिनुपर्ने बताउनुभएको थियो।