काठमाडौँ, २ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका ५७ जना सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ।
रास्वपाले खस–आर्य समूहबाट १८ जनाको नाम सिफारिस गरेको छ, जसमा १७ जना महिला र १ जना पुरुष छन्। पुरुषतर्फ रमेश प्रसाईंको नाम रहेको छ भने महिलातर्फ प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी (आचार्य), विधुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला (पिछडिएको), क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको), ज्ञानु पौड्याल र प्रभा ढकाल छन्।
आदिवासी जनजातितर्फ १६ जनाको नाम सिफारिस गरिएको छ, जसमा १३ महिला र ३ पुरुष छन्। महिलातर्फ बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजू, सुजाता तामाङ, कृपा महर्जन र एलिजा गुरुङ छन्। पुरुषतर्फ डा. राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा रहेका छन्।
मधेशी समूहबाट ९ जनाको नाम सिफारिस गरिएको छ, जसमा ७ महिला र २ पुरुष छन्। महिलातर्फ पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी र सुनिताकुमारी चौधरी छन् भने पुरुषतर्फ पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण रहेका छन्।
यस्तै दलित समूहबाट ८ जनाको नाम सिफारिस गरिएको छ, जसमा ७ महिला र १ पुरुष छन्। महिलातर्फ रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेञ्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा र खिमा विक छन् भने पुरुषतर्फ प्रकाशचन्द्र दर्जीको नाम सिफारिस गरिएको छ।
रास्वपाले समानुपातिकतर्फको प्रतिनिधित्व सुनिश्चित गर्दै विभिन्न समुदायबाट सांसदहरूको नाम सिफारिस गरेको जनाएको छ।