काठमाडौँ बिहीबार, मंसिर २५, २०८२
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ८ ले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि मुस्कान राज गौतमको नाम सिफारिस गरेको छ। संगठनभित्र सक्रिय भूमिका, युवापुस्तामा प्रभाव, र सामाजिक सेवामा देखाएको निष्ठालाई आधार मान्दै कांग्रेसका स्थानीय नेतादेखि कार्यकर्तासम्मले गौतमलाई अघि बढाउनुपर्ने धारणा राखेका हुन्।
मुस्कान राज गौतम केवल राजनीतिक व्यक्तित्व मात्र होइनन्, उनी शिक्षण, युवानेतृत्व, खेलकुद र सामाजिक सेवाको संगम बनेका एक बहुआयामिक युवा मानिन्छन्। सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (फ्री–स्टुडेन्ट युनियन) सभापति रहँदा उनले विद्यार्थी हकहित, पारदर्शी प्रशासन र क्याम्पसभित्र सुधारतर्फ उल्लेखनीय पहलहरू अघि सारे।
करातेको राष्ट्रिय खेलाडी हुँदै सामाजिक कर्मीको यात्रा
गौतम करातेका राष्ट्रिय खेलाडी समेत हुन्। खेलकुदमा अनुशासन, नेतृत्व क्षमता र कठिन परिस्थितिमा निर्णय लिन सक्ने कौशलले नै उनलाई सार्वजनिक जीवनमा पनि उचाइ प्रदान गरेको बताइन्छ। करातेका विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै उनले युवाहरूलाई खेलको महत्व, स्वस्थ जीवनशैली र सकारात्मक सोचका लागि प्रेरित गर्दै आएका छन्।
लायन्स र लियो क्लबमार्फत निरन्तर सामाजिक सेवा
मुस्कान राज गौतम विभिन्न लियो क्लब र लायन्स क्लबका पदाधिकारीका रूपमा सक्रिय रहे। नेतृत्व क्षमता, आयोजनाको दक्षता र समाजप्रतिको संवेदनशीलताका कारण उनले धेरै प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरे
रक्तदान कार्यक्रम
सामुदायिक स्वास्थ्य चेकजाँच
आँखा उपचार शिविर
विपद्ग्रस्त गाउँमा खाद्यान्न तथा राहत वितरण
उनको निर्देशनमा सञ्चालित धेरै कार्यक्रमले स्थानीयबासीले प्रत्यक्ष फाइदा पाएका छन्। विशेष गरी रक्तदान कार्यक्रमलाई उनले निरन्तर अभियानका रूपमा अगाडि सारेका थिए।
भूकम्प, बाढी–पहिरोमा अग्रपंक्तिमा सेवा
२०७२ सालको भूकम्पका बेला मुस्कान राज गौतम सर्वप्रथम उद्धार तथा राहत वितरणमा सक्रिय भएर उत्रिएका युवा समूहमध्ये एक थिए। काठमाडौंका विभिन्न टोलदेखि बाहिरी जिल्लासम्म उनी सामाजिक टोलीसँगै गएर आवश्यक सामग्री र सहयोग पुर्याउन व्यस्त देखिन्थे।
त्यस्तै, सिन्धुपाल्चोक लगायत बाढी–पहिरो प्रभावित क्षेत्रमा समेत गौतम लामो समयसम्म बसेर राहत वितरण, अस्थायी आवास निर्माण तथा स्वास्थ्य सामग्री पुर्याउने कामका अगाडि रहे। संकटको समयमा देखाएको यो प्रतिबद्धताले उनलाई “काम गर्ने युवा” भनेर चिनाउनेजस्तो बनायो।
मानव अधिकार तथा रेडक्रसमा सक्रियता
गौतम मानव अधिकारका मुद्दाप्रति पनि संवेदनशील छन्। मानव अधिकारका लागि काम गर्ने संस्थाहरूसँग सहकार्य गर्दै उनले पीडित र कमजोर समुदायहरूको आवाज उठाउने काममा साथ दिएका छन्।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भएर उनले आपत्कालीन उद्धार तालिम, रक्तसञ्चार सेवा र स्थानीय स्तरका जनचेतना कार्यक्रमहरूमा उल्लेखनीय योगदान पुर्याए।
युवाहरूको प्रतिनिधि र परिवर्तनको यथार्थ स्वर
उनीसँग काम गरेका नजिकका विद्यार्थीहरू भन्छन्— “मुस्कान केवल नाम मात्रै होइन, व्यवहारमा पनि सदैव सकारात्मक र मुस्कुराउने नेता। समस्या सुन्छन्, समाधान खोज्छन् र काम गरेर देखाउँछन्।”
प्रतक्ष्य तर्फ
१)मुस्कान राज गौतम
२)सपना राजभण्डारी
३)राजुराज जोशी
४)राजु खरेल
५)रवीन्द्र लाल श्रेष्ठ
६)विजय गोपाल श्रेष्ठ
७)अमित सिंह कार्की
समानुपातिक तर्फबाट
१)बद्री नेपाल
२) राज्यलक्ष्मी श्रे