काठमाडौं, २५ मंसिर
नेपालको बदलिँदो राजनीतिक परिवेशले पछिल्लो समय युवालाई राजनीतिमा अगाडि ल्याउने मागलाई निकै तीव्र बनाएको छ। देशभरका युवामा जागेको चेतना, राजनीतिक पारदर्शिता र नतिजामुखी नेतृत्वको आवश्यकता अहिले हरेक दलमा महसुस भइरहेको छ। नेपाली कांग्रेस पनि यसबाट अछुतो छैन। यही पृष्ठभूमिमा, रौतहटबाट उदाउँदै आउनुभएकाका युवा नेता रञ्जित कुमार कर्ण आज कांग्रेसभित्र ध्यान आकर्षित गर्ने मात्र होइन, भविष्यको क्षमतायुक्त नेतृत्वका रूपमा स्थापित हुँदै जानुभएको छ।
रौतहटको सामाजिक तथा जातीय विविधताबीच हुर्किएका कर्ण राजनीतिमा सुरु देखि नै भिन्न प्रकारको दृष्टि बोकेर अघि बढ्नुभयो। विद्यार्थी जीवनदेखि सक्रिय हुँदै उहाँ संगठन विस्तार, जनसम्पर्क र स्थानीय समस्याको पहिचानमा निरन्तर लागिरहनुभयो। उहाँका विचारमा राजनीति पदमा बस्ने माध्यम होइन, जिम्मेवारी बहन गर्ने अभ्यास हो। यही कारण, युवाको चेतना, सहभागिता, नेतृत्व क्षमता र अवसर विस्तारका विषयमा उहाँ निरन्तर सक्रिय रहँदै आउनभएको छ। युवालाई निराशा होइन, परिवर्तनको बाटो देखाउँदै राजनीतिलाई देश बदल्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने कर्णको सोच अहिले धेरै युवासँग मेल खाइरहेको छ।
कर्णको लोकप्रियता बढ्नुको अर्को प्रमुख कारण उहाँको कार्यशैली हो। उहाँ भाषणमा भन्दा काममा विश्वास राख्ने नेता हुनुहुन्छ। स्थानीय तहमा आर्थिक पारदर्शिता, शिक्षा सुधार, रोजगारी अवसर, सडक तथा पूर्वाधार निर्माण, स्वास्थ्य सेवा विस्तार र समुदायमा आधारित विकास योजनामा उहाँले देखाएको प्रत्यक्ष क्रियाशीलताले जनविश्वास बढाएको छ।
काठमाडौं–केन्द्रित राजनीति देशको वास्तविक समस्यापरक समाधान दिन असमर्थ हुने उहाँ मान्नुहुन्छ, त्यसैले स्थानीय भूमिसँग जोडिएर कार्ययोजना निर्माण गर्नुपर्ने धारणा उहाँले लामो समयदेखि अघि सार्दै आउनुभएको छ। यही व्यावहारिकताले उहाँलाई टेक्नोक्रेटिक सोचसहित आधुनिक राजनीतिक अभ्यास गर्ने युवा नेताको प्रतिनिधि बनाएको छ।
समावेशी नेतृत्व कर्णको अर्को पहिचान हो। विविधताले भरिएको रौतहटको सामाजिक बनावटले उहाँलाई समावेशिता, सहकार्य र सामाजिक न्यायप्रति अझ गम्भीर बनायो। राजनीतिक स्थायित्व समावेशीताबाटै आउँछ भन्ने उहाँ विश्वास गर्नुहुन्छ। त्यसैले महिलाहरू, पिछडिएका समुदाय, अल्पसंख्यक र युवालाई नेतृत्व संरचनामा प्रभावकारी स्थान दिनुपर्ने विषयमा उहाँले निरन्तर वकालत गर्दै आउनुभएको छ। कांग्रेसभित्र समावेशी नीतिको नयाँ पुस्ताको अभियान चलाउने नेतामा कर्ण अग्रपंक्तिमा मानिनुहुन्छ।
संगठनिक सुधार कर्णको मुख्य राजनीतिक एजेन्डा हो। लामो इतिहास बोकेका कारण नेपाली कांग्रेसमा निर्णय प्रक्रियाको जटिलता, ढिलाइ र परम्परागत संरचनाको प्रभावबारे लगातार आलोचना हुँदै आएको छ। कर्ण यस विषयमा स्पष्ट र निडर आवाज भएका नेता हुनुहुन्छ। उहाँका अनुसार—“संगठन परिवर्तन बिना राजनीतिक परिवर्तन सम्भव छैन।” यही सोचका आधारमा उहाँले डिजिटलाइज्ड संगठन, युवाको अनिवार्य सहभागिता, महिलाको सशक्त उपस्थिती, तथा लोकतान्त्रिक अभ्यासमा पारदर्शितालाई आफ्नो मूल नीतिगत प्रस्तावको रूपमा अघि सार्दै आउनुभएको छ।
कर्णप्रतिको विश्वास बढ्नुका कारणहरू स्पष्ट छन्। उहाँ विवादभन्दा टाढा रहने, नतिजा–केन्द्रित तरिकाले काम गर्ने, समुदायमा गएर वास्तविक समस्या सुन्ने, र जनताको अपेक्षा तथा पार्टीभित्रको संरचनाबीच सन्तुलन खोज्ने नेता हुनुहुन्छ। साथै, उहाँ युवालाई नेतृत्वका अवसर खोलिदिने, प्रशिक्षण, तयारी र व्यवहारिक अभ्यासका माध्यममार्फत सक्षम बनाउनेतर्फ निरन्तर लागिरहनुभएको छ। यस्तो संयम, सकारात्मक छवि र समस्या–समाधानकेंद्रित सोचले उहाँलाई कांग्रेसभित्र भविष्य सम्भावनायुक्त नेता बनाएको छ।
नेपाल अहिले परिवर्तन, स्थायित्व र विश्वसनीय नेतृत्व चाहन्छ। पुरानो सोच र नयाँ चुनौतीबीच समन्वय गर्न सक्ने, व्यवहारिक राजनीति र परिवर्तनकारी भिजन एकैसाथ बोकेका नेताको आवश्यकता अझ प्रबल छ। र यस्तै समयमै, रञ्जित कुमार कर्ण जस्ता युवा नेता कांग्रेस मात्र होइन देशको राजनीतिक यात्रामा नयाँ धार, नयाँ ऊर्जा र नयाँ सम्भावनाको संकेतका रूपमा अगाडि बढिरहनुभएको छ।