काठमाडौं, २५ मंसिर
नेपालको बदलिँदो राजनीतिक चेतना र युवापुस्तामा बढ्दो सक्रियताले राष्ट्रिय राजनीतिमा नयाँ ऊर्जा थपिरहेको छ। यही परिवेशमा पर्वतका युवा नेता राजेन्द्र तिवारी नेपाली कांग्रेसभित्र उदाउँदै गएको प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित हुँदै जानुभएको छ। पार्टीभित्र युवाको वास्तविक प्रतिनिधित्वको माग बढिरहेको समयमा तिवारीजस्ता नेतृत्व उभिनु स्वाभाविक मात्र होइन, आवश्यकसमेत मानिएको छ।
तिवारीको राजनीतिक यात्रा सामान्य छैन। स्थानीय तहमा जनसरोकारका मुद्दा उठाउनेदेखि लिएर पार्टीभित्र संगठनात्मक सुधारको पक्षमा बोल्ने, र युवाको सार्थक सहभागिताका लागि निरन्तर पहल गर्ने कार्यसमेत उहाँले निरन्तरता दिँदै आउनुभएको छ। यही कारणले उहाँ केवल एक सक्रिय कार्यकर्ता मात्र होइन, भिजन र प्रतिबद्धता भएको नेतृत्वको रुपमा चिनिँदै जानुभएको छ।
नेपाली कांग्रेस ऐतिहासिक रूपमा अनुभवी नेतृत्वमा आधारित दल मानिँदै आएको छ। तर समय र परिस्थितिले अब नयाँ सोच, नयाँ ऊर्जा र समावेशी नेतृत्वको आवश्यकता स्पष्ट रूपमा देखाएको छ। यसै परिप्रेक्ष्यमा तिवारीजस्ता युवाले पार्टीलाई आधुनिक सोच, संवाद र व्यवहारिक राजनीतितर्फ अग्रसर गराउने अपेक्षा बढ्दै गएको छ।
तिवारीको परिचय केवल उमेरले परिभाषित हुँदैनस उहाँको कार्यशैली नै उहाँको पहिचान हो। युवा राजनीतिलाई पद वा विशेषाधिकारका रूपमा होइन, सेवा र जनविश्वास निर्माण गर्ने माध्यमका रूपमा हेर्नुपर्ने उहाँको धारणा अहिले धेरै युवामा सकारात्मक प्रभाव पारिरहेको छ। गाउँदेखि शहरसम्म उहाँप्रति बढ्दो आस्थाले तिवारीलाई नयाँ पुस्ताको प्रतिनिधिमूलक स्वरका रूपमा स्थापित गराएको छ।
उहाँको सक्रियता भाषण र नारामा सीमित छैन। पार्टीभित्र युवालाई मजबुत संरचनामा व्यवस्थित गर्ने, स्थानीय समस्याहरूलाई प्राथमिकतामा राखेर समाधानमुखी कदम चाल्ने, र संगठनभित्र पारदर्शिता तथा जवाफदेहिता बढाउने जस्ता पहल उहाँको राजनीतिक चिनारी बनेका छन्। यस्तो व्यवहारिक र परिणाममुखी दृष्टिकोण अहिलेको कांग्रेस नेतृत्वमा दुर्लभ तर अत्यन्त आवश्यक मानिन्छ।
यद्यपि तिवारीको बाटो सहज छैन। पुराना संरचनाभित्र जरा गाडेर बसेको परम्परागत सोच, संगठनमा सीमित मौका पाउने युवा नेतृत्व, र दीर्घकालीन एकाधिकारवादी प्रवृत्ति—यी सबै चुनौतीका रूपमा उभिएका छन्। तर उहाँ यी चुनौतीलाई अवरोध होइन, अवसरका रूपमा लिनुहुन्छ। उहाँको धारणा छ—युवाले अवसर खोज्ने होइन, काममार्फत अवसर सिर्जना गर्ने हो।
स्थानीय तहमा उहाँको बढ्दो लोकप्रियताले तिवारीलाई “युवा नेताभन्दा बढी, भावी पुस्ताको दिशानिर्देशक”का रूपमा प्रस्तुत गरेको छ। जनताको समस्या सुन्ने, बुझ्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने शैलीले उहाँलाई पार्टीभित्र महत्वपूर्ण भूमिकामा उकास्न सक्ने विश्वास समर्थकहरूमा बढ्दो छ।
युवा नेतृत्वका आलोचकहरू नयाँ पुस्ताका नेतामा अनुभवको कमी हुन सक्ने तर्क अघि सार्छन्। तर तिवारी भने अनुभव र नवीनताको संयोजनमार्फत समुन्नत नेतृत्व निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन चाहनुहुन्छ। उहाँको दृष्टि स्पष्ट छ—राजनीति इतिहासको बोझ होइन, भविष्य निर्माणको अवसर हो।
नेपालको राजनीतिक संक्रमण लामो भइसकेको छ र अब देशलाई उत्तरदायी, पारदर्शी र युवाको ऊर्जा बोकेको नेतृत्व आवश्यक छ। यही पृष्ठभूमिमा, पर्वतका युवा नेता राजेन्द्र तिवारी नेपाली कांग्रेसभित्र परिवर्तन, सक्रियता र नयाँ सोचका संकेतका रूपमा उदाउन सक्ने अपेक्षा निरन्तर बढ्दो छ।