काठमाडौँ, १८ कार्तिक
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीलाई चुनाव वा महाअधिवेशनमध्ये एउटै विकल्प मात्र रोज्न नहुने बताउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गर्दै उहाँले पार्टीले आसन्न निर्वाचन र अधिवेशन दुवैलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ।
भण्डारीका अनुसार, कांग्रेसले आफ्नै भित्री द्वन्द्वलाई बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढ्ने खतरा हुन्छ। उहाँले कांग्रेसको जिम्मेवार इतिहासलाई निरन्तरता दिन आवश्यक रहेको समेत औँल्याउनुभयो।
साथै, कांग्रेसको शक्तिशाली निकायले बहुमत हस्ताक्षरसहित महाधिवेशनको प्रस्ताव प्रस्तुत गरिसकेको स्मरण गराउँदै भण्डारीले अधिवेशनलाई पार्टीको जीवन्तता र संगठनको आधार भएको उल्लेख गर्नुभयो।
‘बजारमा तर्क र विचार बिक्छ, तर “सकिँदैन” भन्ने तर्क कहिल्यै बिक्दैन,’ नेता भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
यो समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रीत हुने समय हो। यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ । कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउछ। काग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन ।
एकातिर— काँग्रेसको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षर सहित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पार्टीमा बुझाइ सकेको छ। जवकी, अधिवेशन नियमित प्रक्रिया हो । साथै पार्टीको जीवन्तता । अर्कोतर्फ — तत्कालिन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ। तसर्थ, कांग्रेसले राष्ट्यि मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिदैन भन्न मिल्दैन । बजारमा तर्क र विचार बिक्छ, तर विक्दैन – सकिदैन भन्ने मात्र तर्क ।