काठमाडौँ, १८ कात्तिक
नेपाल राष्ट्र बैंकले ११ जना कार्यकारी निर्देशकहरूको सरुवा र पदस्थापन गरेको छ। गभर्नर विश्वनाथ पौडेलले कात्तिक १७ गते गरेको यो निर्णय बुधबारदेखि कार्यान्वयनमा आउने भएको हो।
नयाँ व्यवस्थापनअनुसार विदेशी विनिमय व्यवस्थापन विभागका रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा, र मुद्रा व्यवस्थापन विभागका रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरिएको छ।
त्यसैगरी, गभर्नरको कार्यालयमा कार्यरत राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा, मानव संसाधन व्यवस्थापन विभागका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागमा, र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा लगाइएको छ।
मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मालाई गभर्नरको कार्यालयमा, बैंकिङ विभागका डा। डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा, तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ।
भुक्तानी प्रणाली विभागका किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा, वित्तीय संस्था सुपरिवेक्षण विभागका डा। सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागमा, र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा पठाइएको छ।