नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासो ले भव्य रुपमा दशैँ, तीहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्यो । सम्पूर्ण एल पासोबासी नेपाली समुदायलाइ सांस्कृतिक एकताको शुत्रमा बाँधेर नेपाली मन र नेपाली पनलाई ताजा राख्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाली समुदाय एल पासोको रहरलाग्दो उपस्थिति थियो ।
डन हस्किन्स रिक्रिएशन सेन्टर एल पासोमा हल बूक गरेर गरिएको उक्त कार्यक्रमा विद्यार्थी समाजकी सचिव मेनुका गुरुङले सम्पूर्ण नेपाली समाजलाई स्वागत गर्दै नानीहरु एरिना भुसाल, अनश्रुता पौडेल र रितिका कोइरालालाई आफ्नो "भैलेनी आईन आँगन" शिर्षकको गीतमा उनीहरु आँफैले तयार गरेको नाच प्रस्तुत गरेपछी माहोलमा अत्यन्तै रौनकता थपियो।
आफ्नो अध्ययन र व्यस्तताका बावजुत नानीहरु सांझ सांझ थोरै समय निकालेर नानीहरुले नाच प्रस्तुत गर्न देखाएको सक्रिएता नै नेपालीपनको जीत रहेको कुरा सबैले चर्चा गरेका थिए । त्यस लगत्तै आमा कमला आचार्यले आफ्नै स्वरमा बजारमा रहेको देउसी भैलो भट्याएर आफू नाच्दै उपस्थित सबैलाई नचाउनु भयो।
बच्चादेखि बयस्कसम्म सबैलाई यसरी नेपाली पन र नेपाली मन पोख्न दिएकोमा नेपाली विद्यार्थी समाजलाइ उपस्थित सबै जनाले धेरै धन्यावद दिएका थिए भने यस्तो रमाइलो स्वदेशमा पनि बिरलै भेटिने चर्चा चलेको थियो। त्यसपछी आमाहरु कमला आचार्य, राधा बश्याल र बाबा लिलाधर बश्याल हरुलाई भर्खरै नेपालाबाट आउँदा बिदेशी ठाउँमा कस्तो लागि रहेको छ त? भनेर विद्यार्थी समाजका उपाध्यक्ष अम्बिर खड्काले सोधेको प्रश्नमा वहाँहरुले एकै स्वरमा नेपाली पन त बिदेशमा झन धेरै पोखिँदो रहेछ भनेर सबै सहभागीलाई धन्यवाद र आशिर्वाद दिनु भयो ।
त्यस लगत्तै विद्यार्थी समाजका अध्यक्ष पूर्णचन्द्र भुसालले अत्यन्तै सुन्दर रुपमा देउसी भैलो भट्याउनु भयो भने समाजकी सक्रिय सदस्य शोभा कुईंकेलले तीहारको माहोल सबैलाई दान दक्षिनाको लागि आव्हान गर्नु भयो भने माहोललाइ उच्च राख्न अध्यक्ष पूर्ण्चन्द्र भुसाल, नेपाली समाजका अगुवाहरु शुसिल भुसाल, सुश्मा कार्की, रमेश आचार्य र विद्यार्थी समाजका धेरै सदस्यहरुले फटाफट गोजीबाट डलर निकाली मन फुकाएर भैलेदान गर्नु भयो ।
त्यस लगत्तै बिदेशी भूमीमा नेपाली पन झल्काउन नेपाली भजन गुन्जायमान गराउने उद्देश्यले बाबा लिलाधर बश्याललाई भजन टुक्का निकाल्न अनुरोध गरी वहाँको टुक्का छोप्न र नयाँ टुक्का निकाल्न मिन प्रसाद शर्मा, रामजी भुसाल अग्रणी भुमिकामा देखिनु हुन्थ्यो । भजनको माहोलले नेपाली पन कत्तिको झल्कियो त भनेर विद्यार्थी समाजका कोषाध्यक्ष संजिव निरौला र डक्युमेन्टरियन रोशन कंडेलले पहिलो पटक विद्यार्थी समाजको कार्यक्रममा उपस्थित अतिथिहरुलाई सोध्दा यति साह्रो रमाइलो स्वदेश छोडेपछि पहिलो पटक भेटेको र अब विद्यार्थी समाजका कार्यक्रम कहिल्यै नछोड्ने बताउनु भयो ।
यो कार्यक्रम सफल बनाउन विशेष सहयोग गेरेकी नमूना घिमिरे ले भेन्यू बूकिङ, खाना व्यवस्थापन र सजावट सामाग्रीको लागि सहकार्य र सहयोग गरेकोमा विद्यार्थी समाजकी सचिव मेनुका गुरुङले वहाँलाई धन्यवाद दिनु भयो भने सजावट र व्यवस्थापनका लागि जुटेका सहयोगी हातहरु दीपा सिलवाल, हरि आचार्य, दिव्य दर्पण अधिकारी, रोशन कंडेल, रेनुका खतिवडा को सहयोगलाइ विद्यार्थी समाजले प्रशंसा गरेको बताउनुभयो ।
यी सबै कार्यक्रमाहरु चलिरहँदा उपस्थित सबै जनालाई बोलाई बोलाई र खोजी खोजी सधैँजसो फोटोग्राफीको भूमिकामा रहेकी रेनुका खतिवडाको सक्रिएता सधैँ झै उत्कृष्ट थियो र विद्यार्थी समाजले वहाँलाई धन्यवाद दिएको थियो । आफ्नो व्यस्त समयका बाबजुत सम्पूर्ण विद्यार्थी समाजका साथीहरुले र नेपाली समाजल्र देखाएको सहभागिता र सक्रिएताले नै कार्यक्रम गर्न सम्भव रहेको र यो नै वर्तमान कार्यसमितिको सफलता मान्न सकिने कुरामा दुइमत नरहेको कुरा कार्यसमितिका सदस्यहरुले एकै स्वरमा बताउनु भयो । विदेशी भूमीमा रहेर व्यस्त समयमा पनि नेपालीपन खर्लप्पै पोखेकोमा नेपाली विद्यार्थी समाज र नेपाली समुदायलाई हामी पनि धेरै धेरै धन्यवाद र शुभकामना दिन चाहन्छौँ ।


