काठमाडौं,२३ असोज
तिहारको तयारी सुरु भइसकेका बेला अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित १०.१० तिहार महोत्सव आयोजना गर्ने घोषणा गरेको छ। पहिलोपटक, यो विशेष सेल असोज २३ गते (अक्टोबर ९) राति ८ बजेदेखि सुरु हुने र असोज ३० गते (अक्टोबर १६) सम्म सञ्चालन हुने दराजले जनाएको छ।
महोत्सव अन्तर्गत उपभोक्ताले दैनिक कामपछि बेलुकै विशेष अफरको फाइदा लिन सक्नेछन्। तिहारलाई अझ रमाइलो र किफायती बनाउने उद्देश्यसहित दराजले ७०% सम्म छुट, निःशुल्क होम डेलिभरी तथा रु. १ लाखभन्दा बढी खरिदमा रु. १० हजारसम्मको फ्ल्याट भौचर उपलब्ध गराउने तयारी गरेको छ। साथै महोत्सव अवधिभर दैनिक फ्ल्याश सेल, विशेष अफर र आकर्षक मूल्यका उत्पादनहरू उपलब्ध हुने दराजले जनाएको छ।
यस वर्षको १०.१० महोत्सवमा प्ल्याटिनम पार्टनर ब्रान्ड सिताफिल र रोह्टोले ४०% सम्म छुट दिनेछन् भने गोल्ड पार्टनर ब्रान्ड एईविबी, ब्राण्डहाउस र मारिकोले ६०% सम्म बचत उपलब्ध गराउनेछन्।
दराजले आफ्ना ग्राहकलाई १००% असली उत्पादनको आश्वासन दिने “दराजमल” मार्फत विशेष अफर उपलब्ध गराउनेछ। यदि उत्पादन नक्कली प्रमाणित भएमा ग्राहकलाई खरिद मूल्यको तीन गुणासम्म क्यास ब्याक प्रदान गरिने व्यवस्था छ। सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेजलगायतका अग्रणी ब्रान्डका उत्पादनहरूमा विशेष छुट दिइने दराजले जनाएको छ।
फेसनलाई केन्द्रमा राख्दै दराजले तिहारमा बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता अग्रणी ब्रान्डमा ५०% वा सोभन्दा बढी छुट उपलब्ध गराउने तयारी गरेको छ।
त्यसैगरी, उपभोक्तामाझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई पनि निरन्तरता दिइनेछ। रु. ४९९ भन्दा बढीको खरिदमा चुनिएका उत्पादनहरूमा निःशुल्क होम डेलिभरी प्राप्त गर्न सकिनेछ। यसका लागि ग्राहकले दराज एपको “Free Delivery” ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्नेछ।
दराजले यस महोत्सवमार्फत अत्यधिक छुट, बैंक अफर, दैनिक फ्ल्याश सेल र सीमित समयका मेगा डिलहरू प्रदान गर्दै उपभोक्तालाई वर्षकै सर्वाधिक आकर्षक अनलाइन किनमेल अनुभव दिने लक्ष्य लिएको छ।
सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म हो। हाल दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा प्रदान गर्दै आएको छ।