रामेछाप : कारागारमा रहेका कैदिहरुले गेटका सबै तालाहरु र गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको छ।
कैदिहरुले गेटका सबै तालाहरु र गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले चलाएको गोलीबाट दुई जना कैदीबन्दीको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।
झडपमा ज्यान गुमाउनेमा मोरङका करिब ३०–३५ वर्षीय राज किशोर यादव (ज.ज.क. मुद्दा) र धनुषाको भरतपुर गा.वि.स.का ५८ वर्षीय बिगुरु धोवी (कर्तव्य ज्यान मुद्दा) रहेका छन्।
घटनामा घाइते हुनेहरूमा सामान्य अवस्थामा रहेका कैदीहरूमा नारायण बस्याल (२९ वर्ष), मनोज हमाल (४० वर्ष, मानव बेचबिखन मुद्दा), नविन रसाइली (३० वर्ष, ज.ज.क.), अरुण साह (३१ वर्ष, ज्या.मा.उ.), बिनोस ढकाल (२३ वर्ष, कर्तव्य ज्यान), श्रवण अधिकारी (२८ वर्ष, ज.ज.क.), महोम्मद मिया (३० वर्ष, ज.ज.क.), चन्द्र बि.क. (३५ वर्ष, ज्या.मा.उ.), र उदयपुरका ३१ वर्षीय रोहित दनुवार रहेका छन्। त्यस्तै, गम्भीर घाइते हुनेमा रामचन्द्र मण्डल, हकिम सुनुवार र कमल बि.क. रहेका छन्।
घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भईरहेको छ।
कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि स्थितिलाई नियन्त्रण गर्ने क्रममा गोली चल्न पुगेको बताइएको छ। सुरक्षाकर्मीको प्रयासपछि अहिले अवस्था नियन्त्रणमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।