काठमाडौं, भदौ १०, २०८२
हरितालिका तीजको पावन अवसरमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री माननीय शेरबहादुर देउवाले सम्पूर्ण नेपाली दिदीबहिनी तथा मातृशक्तिप्रति हार्दिक शुभकामना प्रकट गर्नुभएको छ।
माननीय सभापति देउवाले जारी गर्नुभएको शुभकामना सन्देशमा तीज पर्वलाई नेपाली महिलाहरूको जीवनमा अत्यन्तै महत्वपूर्ण र सांस्कृतिक रूपले अमूल्य मानिएको पर्वको रूपमा चित्रण गरिएको छ। उहाँले भन्नुभएको छ– “धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण हाम्रो समाजमा तीजजस्ता पर्वहरूले सामाजिक सद्भाव, पारिवारिक एकता र मानवीय मूल्यलाई उजागर गर्ने कार्य गरेका छन्।”
सभापति देउवाले तीजले महिलाको आत्मबल, सांस्कृतिक पहिचान र सामाजिक भूमिकालाई सुदृढ बनाउन योगदान पुर्याएको उल्लेख गर्नुभयो। उहाँको अनुसार, यो पर्व केवल महिलाको उत्सव मात्र नभई, सम्पूर्ण समाजमा प्रेम, विश्वास, सौहार्द, भ्रातृत्व र सहअस्तित्वको भावनालाई गहिरो बनाउने महत्वपूर्ण माध्यम हो।
शुभकामना सन्देशमा सभापति देउवाले नेपाली समाजलाई अझ ऐक्यबद्ध, समृद्ध र प्रगतिशील बनाउने क्रममा हरितालिका तीजको आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई उच्च सम्मान प्रकट गर्दै यसले नेपाली जीवनपद्धतिलाई उजागर गर्ने उल्लेख गर्नुभएको छ।
उहाँले समस्त नेपाली दिदीबहिनीहरूलाई तीज पर्वले दिन सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दै भन्नुभएको छ– “यो पर्वले देश, समाज र प्रत्येक नेपालीको पारिवारिक जीवनमा शान्ति, समृद्धि र स्थायित्व ल्याओस् भन्ने मेरो हार्दिक कामना छ।”
शुभकामना सन्देशको अन्त्यमा सभापति देउवाले सम्पूर्ण दिदीबहिनीहरूको सुख, शान्ति र समृद्ध जीवनको मंगलकामना गर्दै सबैलाई तीज पर्वको पावन अवसरमा हार्दिक बधाई प्रकट गर्नुभएको छ