काठमाडौं,८ भदौ
गाजा सहरको हालत दिनहुँ बिग्रिदै गइरहेको छ। इजरायलले शनिबार (स्थानीय समयअनुसार) गाजामा नयाँ हमला गरेको छ, जसमा कम्तिमा ३३ प्यालेन्स्टानीहरूको मृत्यु भएको छ। मुत्यु हुनेमध्ये सबैभन्दा बढी महिला, बच्चाहरू र खाना खोजिरहेका मानिसहरू पनि समावेश छन्।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार यस युद्धमा अहिलेसम्म ६२ हजार ६२२ प्यालेन्स्टानीहरूको मृत्यु भइसकेको छ। यसमा ती मानिसहरू पनि समावेश छन्, जो पहिले हराइरहेका थिए र अब तिनीहरूको मृत्यु पुष्टि भएको छ।
इजरायलको रक्षा मन्त्रीले चेतावनी दिएका छन् कि गाजामा फैलिएको भोकमरी केही दिनमा हुने एक नयाँ सैनिक कारवाहीमा पुरै ध्वस्त हुन सक्छ। यसैबीच, राहत समूहहरूले लामो समयदेखि चेतावनी दिएका छन् कि इजरायलले गाजामा खाद्य र चिकित्सा आपूर्ति माथि लगाएका प्रतिबन्धका कारण भोकमरी फैलिरहेको छ। तर, इजरायलले अकालको घोषणा गर्नलाई झूट भन्दै खारेज गरेको छ। युद्धविरामका प्रयासहरू स्थगित छन् र मध्यस्थहरू इजरायलका आगामी कदमहरूको पर्खाइमा छन्।
अधिकारीहरूअनुसार, इजरायलले दक्षिणी गाजाको खान युनिसमा विस्थापित मानिसहरूको क्याम्प आक्रमण गरेको छ, जसमा कम्तिमा १७ जनाको मृत्यु भएको छ। मर्नेको सबैजसो महिलाहरू र बच्चाहरू छन्।
स्वास्थ्य अधिकारीहरूले उत्तरी गाजामा इजरायली गोलीबारीका कारण कम्तिमा ५ सहायता कर्मीहरूको मृत्यु भएको बताएका छन्। उनीहरूले भनेका छन् कि हमला इजरायलसँगको जिकिम क्रसिङको नजिकै भएको हो, जहाँ संयुक्त राष्ट्र र अन्य राहत सामग्रीको ट्रकहरूले क्षेत्र प्रवेश गर्ने गर्दछन्।
संयुक्त राष्ट्रको रिपोर्टअनुसार, गाजामा भोक र अकाल जस्ता स्थिति देखिन थालेका छन्। गाजाका पाँच लाखभन्दा बढी मानिसहरू ९करीब २५५ जनसंख्या० अत्यन्तै भोकमरीका शिकार भएका छन्। बालबालिका कुपोषणका कारण मर्दैछन्।
अहिलेसम्म २८१ मृत्युहरू मात्र भोक र कुपोषणका कारण भएको रिपोर्ट छ। यद्यपि, इजरायलले भनेको छ कि उसले पर्याप्त सहयोग पुर्याएको छ, तर संयुक्त राष्ट्र र राहत संगठनहरूले भनेका छन् कि यो सहयोग पर्याप्त छैन। एजेन्सी