काठमाडौँ, २ भदौ
रूपन्देही–३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन्।
आयोगका अनुसार नेपालको संविधानको धारा २६९ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम दलहरू दर्ता भएका हुन्।
दर्ता गराउने दलहरूमध्ये मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा रहेका छन्।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल, राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा नेपालले पनि उपनिर्वाचनका लागि दर्ता गरेका छन्।