काठमाडौं,१६ साउन
संघीय संसद अन्तर्गतका विभिन्न चारवटा संसदीय समितिहरूको बैठक आज हुँदैछ। आज बैठक बस्न लागेका समितिहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १२स्३० बजे समितिको कार्यकक्षमा बस्नेछ। बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ सम्बन्धी छलफल हुनेछ। छलफलमा सरोकारवाला संघीय तथा प्रदेश मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, साथै भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तिहरूलाई सहभागी गराइनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २स्३० बजे हुने छ। बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। यस बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि धारावार छलफल गरिनेछ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे समितिको कार्यकक्षमा बोलाइएको छ। बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन स्थिति, विद्यमान समस्या, समाधानका प्रयास र समितिको अपेक्षा’ विषयमा विस्तृत छलफल गरिनेछ।