भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आइतबार भरतपुर महानगरपालिका–२४ स्थित केरुङ्गा ताजा तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडको परिसरमा आयोजना गरिएको कार्यक्रममा धान रोप्दै । तस्बिरः सनद अधिकारी/.jpg)
नेपाली काँग्रेस राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला नेपाल किसान महासङ्घ झापाद्वारा आइतबार हल्दीबारीमा आयोजित धान महोत्सवमा हल हिल्याउँदै। तस्बिरः दीपक चन्द 
२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आइतबार भरतपुर महानगरपालिका–२४ स्थित केरुङ्गा ताजा तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडको परिसरमा आयोजना गरिएको कार्यक्रममा हिलोमा डोरी तान्ने प्रतियोगितामा सहभागीता जनाउँदै सहभागीहरु । तस्बिरः सनद अधिकारी
.jpg)
नेपाल किसान महासङ्घ झापाद्वारा हल्दीबारीमा आयोजित धान महोत्सवमा रोपाइँ गर्दै रोपाहारहरु । तस्बिरः दीपक चन्द

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज रामेछापको मन्थली नगरपालिका वडा नं ८ स्थित जगखनीटारमा खेत रोपेर धान दिवस मनाउँदै । धान रोप्ने कार्यक्रम मन्थली नगरपालिकाले आयोजना गरेको हो । तस्बिरः रमेश ढुंगेल

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी आज कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)द्वारा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोप्नुहुँदै । तस्बिरः माधवप्रसाद घिमिरे

.jpg)
कृषि ज्ञान केन्द्र बैतडीले गोकुलेश्वरमा आयोजना गरेको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागीहरू। तस्बिरः विनोदसिंह विष्ट
.jpg)
२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज खजुरा -३ धौलागिरि गुल्मिटोलका जनस्वास्थ्य आमा समूह धौलागिरिमा खेत रोपेर धान दिवस मनाउँदै । तस्बिर: रुपनी जि एम

दाङको लमही नगरपालिका वडा नं ४ सेमरहवामा खेत रोप्न धानको बीउ काढ्दै किसान । तस्बिरःदीपक बोहरा
.jpg)
कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा बेँसीसहर नगरपालिका-८ दनाई फाँटमा आइतबार बिहान आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कार्यक्रममा सहभागीहरू धान रोप्दै । तस्बिरः जनक श्रेष्ठ
.jpg)

राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना योग साधना केन्द्रले आज काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित खेतमा धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउँदै । तस्बिर:हरिराम भेटुवाल
राष्ट्रिय समाचार समिति