बिहादी, पर्वत — बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले आफूले प्रस्ताव गरेको भूमि बैंक कार्यक्रमलाई राजनीतिक दृष्टिकोणले अस्वीकार गर्नु बिहादी गाउँवासीको सपना र सम्भावनामाथि प्रहार भएको टिप्पणी गर्नुभएको छ।
अध्यक्ष गुरुङले भनाइ अनुसार, बिहादीमा रहेको बाँझो जमिनलाई सदुपयोग गर्दै युवाहरुलाई रोजगारीमा जोड्ने उद्देश्यले भूमि बैंकको अवधारणा ल्याइएको हो।
यस अवधारणाले:
-
भूमिहीन युवालाई कृषि कार्यमा संलग्न गराउने,
-
गाउँभित्रै रोजगारी सिर्जना गर्ने,
-
पलायन रोक्ने,
-
बाँदरको समस्या नियन्त्रण गर्ने,
-
बस्तीको आर्थिक स्तर उकास्ने
जस्ता बहुआयामिक लाभ दिनेछ।
तर, अध्यक्ष गुरुङले दुःख व्यक्त गर्दै भन्नुभयो, “एमालेबाट निर्वाचित केही जनप्रतिनिधिले यो जनमुखी कार्यक्रमलाई राजनीतिक मुद्दा बनाउने प्रयास गरेपछि नीति तथा कार्यक्रमको प्रस्तुति नै रोकिएको छ।”
नवीन अवधारणालाई रोक्नु जनविरोधी कार्य
गाउँपालिकाको कार्यपालिकाले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँ बजेट विनियोजन गरी भूमि बैंक कार्यक्रम सुरु गर्ने प्रस्ताव अघि सारेको थियो। तर, उपाध्यक्षसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले अवरोध गर्दा असार ९ गते बोलाइएको गाउँसभा अनिश्चित बनेको छ।
नेपाली कांग्रेसका जनप्रतिनिधिहरूको ठम्याइमा, एमाले जनप्रतिनिधिहरूले कार्यक्रमको लोकप्रियता र प्रभाव जनतामा पर्न सक्ने डरले निर्णय प्रक्रियामा अवरोध गरिरहेका छन्।
अध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो, “मैले कुनै व्यक्तिगत फाइदाको लागि होइन, समग्र पालिकाबासीको हितमा यो प्रस्ताव अघि सारेको हुँ। तर, राजनीतिक पूर्वाग्रहले योजनालाई अवरोध गरिएको छ।”
भूमि बैंक : विकास, समृद्धि र स्वाभिमानको बाटो
भूमि बैंक अवधारणा अन्तर्गत:
-
किसानले कम्तीमा पाँच वर्षको लागि जग्गा पालिकालाई भाडामा दिनुपर्नेछ,
-
पालिकाले तिनीहरूलाई न्यूनतम भाडा र प्रविधिक सहयोग दिनेछ,
-
त्यहाँ कृषि उपज, नगदे बाली, फलफूल, जडीबुटी, पशुपालन अनिवार्य हुनेछ,
-
उत्पादनमा क्षति नहुने गरी जमिन सम्झौताअनुसार फिर्ता पाउनेछन्।
यसरी यो योजना स्वदेशमै रोजगारी, उत्पादनशीलता, र समृद्धिको नयाँ ढोका बन्ने अध्यक्ष गुरुङको विश्वास छ।कांग्रेस नेतृत्वको विकास-उन्मुख सोचप्रति जनविश्वास बढ्दो छ । यस अवधारणाले देखाउँछ कि नेपाली कांग्रेस नेतृत्व राजनीतिक फाइदा नभई जनहितलाई प्राथमिकता दिन चाहन्छ। जहाँ नेकपा एमालेको असहयोग र असहमति जनमुखी कार्यक्रमलाई रोक्ने दिशामा देखिन्छ,त्यहाँ कांग्रेसले युवालाई अवसर, किसानलाई सम्मान र गाउँलाई आत्मनिर्भर बनाउने रोडम्याप अघि सारेको छ। अध्यक्ष गुरुङले अन्त्यमा भन्नुभयो, “हामी माग्दैनौं श्रेय, हामी माग्दछौं साथ जनताको हितका लागि।”