काठमाडौं । विविध अन्तर्राष्ट्रिय अनुभव, गहन अध्ययन र समर्पणको उत्कृष्ट मिसाल प्रस्तुत गर्दै भिक्टर कुमार सापकोटा नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदमा नियुक्त भएका छन्।
बुढानीलकण्ठ स्कुलबाट एसएलसी र ए-लेभलमा उत्कृष्ट प्रदर्शन गरेका सापकोटाले स्नातक सेन्ट जेभियर्स कलेज, माइतीघरबाट सम्पन्न गरेपछि अमेरिकाको फोर्डम युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय तथा विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन्। त्यो पनि सम्पूर्ण छात्रवृत्तिमा।
पढाइसँगै फिलिपिन्सको स्थानीय तहमा एक महिनाको अनुसन्धान अनुभव, ADB मनिलाको अध्ययन भ्रमण, र न्युयोर्कस्थित SpaceNova कम्पनीमा काम गर्दै केनिया तथा कोलम्बियाका उत्पादनहरूलाई अमेरिकामा बजार विस्तार गर्ने काममा सहायकको भूमिका निर्वाह गरेका थिए।
स्नातकोत्तर अध्ययनकै क्रममा उनले स्वीट्जरल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा “Rebuilding Trust in a World of Nuclear Weapons” शीर्षकको निबन्धमार्फत शीर्ष १०० मा स्थान बनाएका थिए।
त्यसैगरी, MCC वाशिंगटन डीसी, संयुक्त राष्ट्रसंघ न्युयोर्कको भ्रमण, जाम्बियाको CRS कम्पनीमा ६ महिने फेलोसिप, र भियना स्थित IAEA मा १ वर्षे कार्यअनुभवले उनको प्रतिभा झनै चम्किएको छ।
उनका लेखहरू अन्तर्राष्ट्रिय पत्रिकादेखि अनलाइनखबर जस्ता राष्ट्रिय मिडियामा समेत प्रकाशित छन्। “Rays of Hope: Expanding Access to Cancer Care Requires Innovative Financing Models” र WHO–IAEA द्वारा प्रकाशित किताबमा समेत उनको योगदान समावेश छ।
पछिल्लो समय उनी फ्रेन्च भाषा केन्द्रमा शिक्षकको भूमिका तथा युनिभेन्चर कन्सल्टिङ प्रा.लि. मा प्रोफाइल निर्माण र प्रतिवेदन तयारीमा संलग्न थिए।
यसरी अनुभव, दक्षता र विद्वताको संयोजन बनेर, लोकसेवाको प्रतिस्पर्धात्मक परीक्षामार्फत राष्ट्र बैंकको सहायक निर्देशक पदमा नियुक्ति पाउनु सापकोटा परिवार, शिक्षा क्षेत्र र सम्पूर्ण युवाहरूको लागि प्रेरणाको श्रोत बनेको छ।
स्याबास भिक्टर! ज्ञान, विवेक र प्रतिबद्धताले मुलुकको सेवा गर्न सकिन्छ भन्ने प्रमाणस्वरूप तिमी उदाहरणीय बनिरहेछौ।