पर्वत बिहादी-४ २४ फागुन
पर्वत बिहादी-४ लिम्सिङ बेसी लाम्पाटा स्थायी घर भै हाल आफ्नो विद्यावारिधी (पि, एच, डी) गर्ने शिलशिलामा अमेरिकाको युनर्भिसिटी अफ टेक्सास एल पासो मा अध्ययन र अध्यापन गर्दै आएका पूर्णचन्द्र भुसालले सन १९४९ मा स्थापना भएको अध्ययन र अनुसन्धान गर्ने अमेरिकामा रहेको विश्वको सबैभन्दा ठूलो सँस्था कन्फेरेन्स अन कलेज कम्पोजिशन एन्ड कम्युनिकेशन (Conference on College Composition and Communication, CCCC) ले सन २००६ देखि प्रत्येक वर्ष ४ जनालाई दिदै आएको "चेअर्स मेमोरिअल अवार्ड" ((Chairs Memorial Award) जित्न सफल भएका छन ।
उक्त अवार्ड पाउने व्यक्तिले नगद ७५० अमेरिकी डलर, प्रेश रिलिज र प्रमाणपत्र पाउनुका साथै कन्फेरेन्स समारोहमा सम्मान समेत पाउँछन्।साथसाथै बिजेताको नाम र फोटो एक वर्ष सम्म CCCC को वेबसाइटमा राखिन्छ भने बिजेताको रुपमा नाम चाहिँ सधैको लागि वेबसाइटमा रहिरहन्छ ।
यो पुरस्कारको लागि विश्वका कुनै पनि विश्वविद्यालय मा मास्टर्स वा पि* एच* डी* गर्दै गरेका विद्यार्थीहरुले अप्लाइ गर्न सक्छन । बिजेता भुसालले उक्त अवार्ड पाउने भएपछि CCCC ले प्रेश रिलिज गरेको थियो र भुसालले उक्त प्रेश रिलिज सामाजिक सञ्चार न्यूज डट कममा पठाउन अनुरोध गरेसँगै उक्त प्रेश रिलिज हामीलाइ National Council of Teachers of English (NCTE) ले ई-मेल मार्फत पठाएको थियो ।
यो वर्षको "चेअर्स मेमोरियल अवार्ड" बिजेता भुसालले सोही संस्था बाट गत वर्ष पनि "स्कलर्स फर द ड्रीम अवार्ड" जितेर १००० अमेरिकी डलर, प्रमाणपत्र र मेडल समेत जितेका थिए ।
गतवर्षको पुरस्कारबाट भुसालले आफ्ना स्वर्गीय आमाबुबाको नाममा पारिवारिक शैक्षिक कोष स्थापना गरि विद्यालय शिक्षा हासिल गर्न धौ धौ भएका आफ्नो समुदायाका भाईबहिनीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने जनाएका छन ।
हामीलाई प्राप्त प्रेश रिलिजमा उल्लेख भए अनुसार भुसालले उक्त पुरस्कार यहि अप्रेल १० को दिन अमेरिकाको बाल्टीमोरमा लिने छन । यो सफलताको लागि भुसाललाई सामाजिक सञ्चार न्यूज डट कम हार्दिक बधाई दिन चाहन्छ !