काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र व्यापार मापदण्ड सार्वजनिक गरेको छ ।
महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल)बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको सम्बन्धमा सम्बन्धमा मापदण्ड निर्धारण गरिएको हो ।
मापदण्डमा मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्नेछ, अंकित अधिकतम मूल्य (एमआरपी)भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्नेछ, उपभोग गर्ने अवधिबाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्नेछ र खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्ने कृषि तथा पशुपन्छी विभागले सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।
मापदण्डमा मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्नेछ, अंकित अधिकतम मूल्य (एमआरपी)भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्नेछ, उपभोग गर्ने अवधिबाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्नेछ र खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्नेछ उल्लेख छ ।
अनुगमनका क्रममा उल्लिखित अवस्था विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा महानगरको कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारवाही गरिने व्यहोरासमेत
उक्त सूचनामा उल्लेख छ ।
साथै, स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई उल्लेख गरिएको अवस्था जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्नुहुन अनुरोध गरिन्छ केही समस्या परे वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न महानगरका मेयर बालेन शाहले सार्वजनिक गरेको उक्त सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना:
