काठमाडौँ । कालिकोटको रास्कोट नगरपालिकाले द्विवर्षीय प्रगति कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
नगरपालिकाले नेपालको संबिधान २०७२ स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रगति कार्यक्रमहरू सार्वजनिक गरेको हो ।
संविधान प्रदत्त स्थानीय तहको दोस्रो निर्वाचन प्रश्चत् निर्वाचित नगर प्रमुख, उप-प्रमुख र जनप्रतिनिधिहरुको शपथ ग्रहणदेखि दुई वर्षसम्मका गरेका नविनतम् प्रगति सार्वजनिकहरू १०औं नगरसभाद्वारा 'हामी बनाउछौँ हाम्रो नगर' भन्ने मूल नाराकासाथ अगाडि बढन खोजेको पथ, देखेका सपना, लिएर नगरले हालसम्म उल्लेखीय कामहरूको प्रगतिहरु सार्वजनिक गरेको हो ।
मुख्य गरेर हालसम्मका दुई वर्षमा सामाजिक विकास, पूर्वाधार विकास र सुशासन तथा सेवा प्रवाह विषेश जोड दिँदै उल्लेखनीय उपलब्धी हासिल गरेको बताउँदै आर्थिक विकासको आधारतय भएको नगरपालिकाले जनाएको छ ।
यसका साथै, आगामी दिनहरूमा रास्कोट नगर बासिहरूको आर्यआर्जनमा बृद्धि गरी आर्थिक विकासमा सम्बृद्धि हासिलगर्दै आत्मनिर्भर नागरिक बनाउन लक्ष्य लिएका समेत नगरले लिएको छ ।
यी हुन् मुख्य नविनतम् कार्यक्रमहरूको प्रगतिहरू:
वार्षिक कार्य योजना निर्माण:- वार्षीक कार्य योजनासहितको कार्यपात्रो तयार गरी कार्यन्वयनमा रहेको
हेलो मेयर कार्यक्रम :- सुशासनलाई प्रभावकारी बनाउन सोधपुछ कक्ष स्थापना गुनासो सुजुवाईका लागि टोल फ्रि नं १६६००८७४४०४४ सञ्चालनका रहेको ।
पहिचानसहितको लोगो:- रास्कोट नगरपालिकाले आफ्नै पहिचानसहितको लोगो नगर सभाबाट पारित गरी सञ्चालनमा ल्यइएको ।
नगर प्रहरीको गठन:- रास्कोट नगरपालिकाको नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन ऐन २०७९ अनुसार एक जना नगर प्रहरी हवल्दार, १४ जना जवान नियुक्ति गरी प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्जमा आधारभुत तालिम प्याकेज अनुसार ४५ दिनको तालिम प्राप्त गरी नगरपालिकाको शान्ति सुरक्षा तथा अमनचयनमा कार्यथ रहेको । नगरपालिकाभित्र ढुंगा, गिटी, बालुवा, वन पैदावार, वन्यजन्तुहरूको संरक्षण तथा संम्बर्धन गर्नका लागि लेकाली भेगमा र शान्तिघाटमा नगर प्रहरीको चेक पोष्ट रही आन्तरिक राजश्व संकलन भइरहेको । स्मार्ट नगरपालिकाको आधार तयार गर्नका लागि स्मार्ट सिटि:- आर.सि.पि. बजारलगायत अन्य क्षेत्रहरूको विस्तृत गुरुयोजना अनुसार स्मार्ट सिटी बनाउने लक्ष्यसहित सधन सहरी विकास आयोजना जुम्लाद्वारा १.९० किमी सडक कालो पत्रे र ३५ वटा पक्की सटरहरू सञ्चालनमा ल्याई घरबेटी तथा व्यपारीहरू सम्झैता गरी भाडामा दिएको ।
मेयर हेल्थकेयर कार्यक्रम सञ्चालन:-'भरोसा होस नगर माथी, गाउँ घरमा\स्वास्थ्य कर्मी साथी' भन्ने कथनलाई सार्थक बनाउँदै रास्कोट नगरपालिकाको मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ अनुसार प्रत्येक महिनाको एक पटक एक वडामा जेष्ठ नागरिक, सिमान्तकृत समुदायहरू, गर्भवती महिलाहरू, एकल महिलाहरू, एक पटक वडा तथा टोलहरूमा चिकित्सकहरूद्वारा सेवा प्रवाहा भएएको ।
नगरपालिकाका सार्वजनिक क्षेत्रहरू व्यवस्थित गर्ने:- सार्वजनिक क्षेत्रहरूमा लगाइएका घर टहरा खाली गर्ने कार्य कार्यन्वयनमा गरी लेखाली भेगमा उपभोग गरिरहेका सार्वजनिक जमिन करको दाएरा ल्यइएको ।
इलाका प्रशासन कार्यालय:- कालीकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र (ख) कानागरिकहरूको सेवा प्रवाहलाई ध्यान दिँदै रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको प्रकृया सुरू भएको ।
राष्ट्रिय वाणिज्य बैंक स्थापना:- रास्कोटका नागरिकहरूको बैंकग सेवाको पहुँच थप विस्तार गर्न नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको स्थापनाको प्रकृया पूरा भई काम संचालन गरेको ।
भूमि वर्गीकरण:- भु-उपयोग निति २०७९ बनाई रास्कोट नगरपालिकाको भूमिको वर्गीकरण गरी सम्बन्धित निकायमा पेश गरी कार्यन्वयनमा आएको ।
सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण:- रास्कोट नगरपालिकाको सहजीकरणमा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंक सहजीकरणमा ६८ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरू र पूर्ण अपांगता भएका लाभग्राहीहरूलाई एक किस्तामा ६२१ जनालाई घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको ।
उप-प्रमुख सशक्तीकरण(लक्षितवर्ग) कार्यक्रम सञ्चालन:- रास्कोट नगरपालिकाका सम्पूर्ण लक्षित वर्गका कार्यक्रम अनुसार कार्यान्वयनमा ल्यएको ।
एक घर एक धारा कार्यक्रम:- स्वच्छ खानेपानीको पहुँचमा विस्तार गरी १४७३ घर धुरीमा एक घर एक धारा निर्माण कार्यसम्पन्न भएको ।
नागरिक निर्जिवन घर विमा कार्यक्रम:- रास्कोट नगरपालिका विपत जोखिम न्यूनीकरण गर्न सबै घरहरूको निर्जिवन बिमागर्न कार्यक्रम अन्तर्रगत २४९३ घरहरुको निर्जीवन बिमा नगरपालिकाले रु ६ लाख ७२ हजार लगानी गरेकोमा २४ जनाले ३५ लाख रकम पाएका र यसवर्ष २२८५ घरहरूमा नगरबाट रु ५ लाख ६५ हजार नगरपालिकाले विमांकन तिरी घर विमा गरिदिएको ।
स्वास्थ विमा:- कालीकोट जिल्लामा जिल्ला अस्पतालपछि रास्कोट नगर अस्पतालमा शहिद परिवार विपन्न अशाय सिमान्तकृत समुदायका नागरिकहरूको नगर सरकारले स्वास्थ बिमा एक लाखको स्वाथ्य विमा रास्कोट अस्पतालमा लागु हुने भएको छ।
रास्कोट अस्पताल:- रास्कोट नगरपालिकाको स्वमित्वमा रहेको रास्कोट अस्पतालबाट कालिकोट प्रदेश निर्वाचन क्षेत्र 'ख' नागरिकले स्वास्थ्य सेवा लिएका जसमा वर्थिङ् सेन्टर स्थापना, ३५ किलो वाटको सोलार, परिवार नियोजन कक्ष स्थापना र सबै नागरिकहरूको स्वास्थ विमा लागू गरिएको ।
कार्वन ट्रेडसँग नगपालिका:- रास्कोट नगरपालिकाका २००० घरधुरीलाई सुधारिएको चुलो वितरण गरी धुवा न्यूनिकरण नगरपालिका बनाए बापत कार्वन उत्सर्जन गर्न राष्ट्रहरूबाट करीव २० हजार डलर आय बढ्ने ।
विद्युत् काउन्टर स्थापना:- निर्वाचन क्षेत्र 'ख'का नागरिकहरूलाई सुविधा प्रदान गर्नका लागि विद्युत् महशुल काउन्टर स्थापना गरिएको ।
फाइवर नेट:- रास्कोट नगरपालिकामा वर्डलिंकमार्फत् सबै वडा तथा सेवा कार्यालयहरूमा लाइन विस्तार गरी अन्तिम चरणमा रहेको ।
नुन र चामलको खाद्य डिपो स्थापना:- नियमित रूपमा साल्ट ट्रेडिङ्ग कर्पोरिशन लिमिटेडमार्फत् ३६०० घर धुरीलाई आयोडिन नुन वितरण गरिएको ।
आन्तरिक राजश्व वृद्धि:- आन्तरिकराजस्व गतवर्ष भन्दा चौगुणा वृद्धिदरमा ल्याइएको ।
एक घर एक ओखर बगैँचा कार्यक्रम:- रास्कोट नगरपालिकाका ३ हजार २ सय घर धुरीहरूलाई एक दाते ओखर वितरण गरिएको ।
ग्रामिण अल्टासाउण्ड कार्यक्रम:- गाउँ घरमा धुम्तीसेवा मार्फत् अल्टासाउण्ड कार्यक्रम भइरहेको ।
बृहत् सिँचाई आयोजना:- रास्कोट नगरपालिकामा गौरवको आयोजनाको रूपमा कृषि योग्य जमिनलाई सिँचाई गर्न एकीकृत बृहत् सिँचाई कुलाहरूमा साविक सिपखाना गाविसको छेत्तडी, स्यूना गाविस भिडकुलो र फुकोट गाविस बाग्रिकुलो) निर्माणाधीन अवस्थामा रहेको ।
औद्योगिक ग्राम स्थापना:- नेपाल सरकार औद्योगिक ग्राम धोषणाअन्तर्गत् गरेको नीति अनुसार रास्कोट नगरपालिकाको भूवर्गीकरण गरी औद्योगिक क्षेत्र कालापानिमा औद्योगिक ग्राम निर्माण काम सञ्चालन रहेको ।
आधुनिक माटोका भाडा उद्योग:- रास्कोट नगरपालिका- ३ मा आधुनिक माटोका भाडा बनाउने उद्योग स्थापना भई सञ्चालनमा रहेको ।
कृषि संकलन केन्द्र:- रास्कोट नगरपालिका भरीका कृषकहरुको कृषि उत्पादनलाई बजारीकरण गर्न कृषि संकलन केन्द्र निर्माणको काम सुचारु भएको ।
बेसार प्रशोधन उद्योग:- रास्कोट नगरपालिका भरीका कृषकहरूको उत्पादन गरेको वेशारलाई प्रशोधन गरी बजारीकरण गर्न बेसार प्रशोधन उद्योगको काम निर्माण भएको ।
दलित लक्षित आर्यआर्जन कार्यक्रम:- रास्कोट नगरपालिका वडा नं ३ मा दलितहरुको आर्यआर्जन गरी मुलप्रवाहीकरण गर्न कालिज फर्म, भैसी फमहरुको काम संचालनमा रहेको ।
गुणस्तर सुधारका लागि शैक्षिक क्रान्ति :- स्कोट नगरपालिकामा सामुदायिक विद्यालयहरको स्तरउन्नती गरी विधार्थीहरुको गुणस्तर सुधार गर्ने बृहत् शैक्षिक गोष्ठिबाट प्रतिवद्वता गर्दै तहगत शिक्षक काज सरुवा तहगत प्रधानाध्यापक ब्यवस्थापन गरी परीक्षा प्रणाली मर्यादित र एकरुपता गरी विद्यार्थीहरूको उल्लेखनीय सिकाई उपलब्धी हासिल गरेका । सबै विद्यालयहरूमा पक्की भवन तथा कक्ष कोठा, ECD मा स्मार्ट टिभी, आधारभूत र माध्यमिक विद्यालयहरूमा स्मार्ट बोर्ड व्यवस्थापन, विद्यालयहरूलाई विद्यार्थी अनुपातका आधारमा प्रति विद्यार्थी लागतका आधारमा विद्यालयलाई अनुदानको ब्यवस्था गरिएको ।
नमुनाका रुपमा अंग्रेजी माध्यमको विद्यालय:- संघीय सरकारको नमुनाकोरूपमा रहेको वडिमाध्यमिक विद्यालयलाई एक कक्षादेखि ९ कक्षासम्म सामान्तररूपमा अंग्रेजी र नेपालिका माध्यमबाट कक्ष सञ्चालन भएको ।
विद्यालय सुरक्षा गार्ड र खेलकुद प्रशिक्षक:- माध्यमिक विद्यालयहरूमा विद्यालयको संरक्षण तथा अनुसासन समग्र व्यवस्थापनका लागि विद्यालय सुरक्षा गार्ड र सर्वाङ्गिण विकासका लागि खेलकुद प्रशिक्षकहरु सकृयरुपमा कार्यन्वयनमा रहेको ।
कक्षा मिलान तथा विद्यालय समायोजन:- शैक्षिक सुधारका लागि विद्यार्थी अनुपातका आधारमा कक्षा मिलान तथा विद्यालय समायोजन गरी कार्यन्वयन गरिएको ।
सामाजिक रुपान्तरण:- सभ्य समाज निर्माणका लागि सामाजिक रुपमा रहेका व्यप्त घटनाहरुलाई न्यूनीकरण गर्न सबै वडाहरु बालश्रम मुक्त वडा धोषणा भई नगरपालिका धोषणाको तयारी रहेको, बालविवाह न्यूनीकरण भई वडा नं ४ र वडा न ९ लाई बालविवाह मुक्त वडा धोषणा जेष्ठ १५ भित्र गरी सक्ने कार्ययोजना भएको र साक्षरता शिक्षा सञ्चालन गरी साक्षार नगरपालिका धोषणा तयारी रहेको ।