रामेछाप । उमाकुण्ड गाउँपालिकाले 'हाम्रो उमाकुण्ड राम्रो उमाकुण्ड' नामक पुस्तक विमोचन गरेको छ ।
गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमकाबिच उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले पाठ्यपुस्तक विमोचन गर्नुभएको हो।
स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १ देखि ८ सम्मको यस स्थानीय पाठ्यपुस्तकमा उमाकुण्ड गाउँपालिकाको स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता लगायत विषयवस्तु समावेश गरिएको छ ।
त्यस्तै, गाउँपालिकाको चिनारी, सामाजिक, नैतिक मूल्यमान्यता, हाम्रो सम्पाद, कृषि उत्पादन , सीप, प्रविधि र आयआर्जन, हाम्रो आहार, स्वास्थ्य र खेलकुदलगायतका विषयवस्तु समेटिएको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख ङावा शेर्पाले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधकिृत राम चन्द्र लामा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र सबै सामुदायिक विद्यालयको प्र.अ.हरुको उपस्तिथिमा भएको उक्त विमोचन कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका पदाधिकारीहरुलाई सम्मान,बढुवा हुने शिक्षकहरुलाई सम्मान गर्नुका साथै सबै विद्यालयका प्र.अ.हरु सँग गाउँपालिकाले कार्यसम्पादन करार सम्झौता समेत गरेको थियो ।
स्थानीय पाठ्यक्रम "हाम्रो उमाकुण्ड राम्रो उमाकुण्ड" यसै शैक्षिक बर्ष देखि लागू हुनेछ ।




