काठमाडौं। निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौं महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन प्राप्त भएको छ। यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका छन्।
२०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौं महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो। तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन्।
‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक बर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य छ।
‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिनुभएको छ ।’ आवेदकहरुको संख्याका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ । यसपछि सिप मेलाको तालिममा सहभागी गराउन आवेदन दिनुभएका तर त्यहाँ समावेश गर्न नसकिएका आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउँछौँ । यो तालिम पनि निःशुल्क हो । यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन् ।’
झाका अनुसार हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । कार्यक्रम शुभारम्भका दिन ९वैशाख १९० टुँडिखेलमा आउनु भएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भरे । त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म त्यसदिन पछाडि १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए ।
सिप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरू स्टलमा रहनुहुनेछ । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउने छन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्ने छन् ।
‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।
सोमबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रशिक्षण चलिरहेको ठाउँमा गएर सिकाइ विधि निरीक्षण गरे। त्यस क्रममा सिप मेला निर्देशक समितिका सदस्य सुदीप ढकालले तालिमको लक्ष्यका नीतिसँग सम्बन्धित विषयमा र रोजगार संयोजक देवेन्द्र के। सी। ले प्रशिक्षण कक्षाहरूका विषयमा जानकारी गराएका थिए।
यस्तै उपप्रमुख सुनिता डङ्गोलले, अवलोकन निरीक्षण गर्दै देशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास लिन आग्रह गरिन् । सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमन नरसिंह राजभण्डारीले, तालिमको गुणस्तर मापनमा काम गर्ने बताए।
सिप मेलाको सङ्घीय सरकारका श्रम र रोजगारसँग सम्बन्धित मन्त्रालय र विभाग, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू, निजी, गैरसरकारी तथा वाणिज्य क्षेत्रमा पदाधिकारीहरूले अवलोकन गरिरहेका छन्।
यस क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), दैलेखको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा सहित स्थानीय तहबाट जनप्रतिनिधि र रोजगार संयोजकसहित कर्मचारीहरू अवलोकनका लागि आएका छन्।
सिप मेलाको सङ्घीय सरकारका श्रम र रोजगारसँग सम्बन्धित मन्त्रालय र विभाग, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू, निजी, गैरसरकारी तथा वाणिज्य क्षेत्रमा पदाधिकारीहरूले अवलोकन गरिरहेका छन्।
यस क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी ९कमल०, दैलेखको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा सहित स्थानीय तहबाट जनप्रतिनिधि र रोजगार संयोजकसहित कर्मचारीहरू अवलोकनका लागि आएका छन्।