काठमाडौँ । काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ ।
लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका ९१ वर्षका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा मंगलबार मध्यान्ह सवा १२ बजे निधन भएको हो ।
१० दिनअघि नेपाललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । नयराज पन्तका शिष्य ज्ञानमणि नेपालको चर्चित पुस्तक हो 'नेपालको महाभारत' ।
त्यस्तै 'नेपाल निरुक्त', 'यात्रा त्रयी' 'नेपालनिरुपण' 'नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्षु पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन् ।
नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा चिनिन्छ। उनले भोजपुरमा १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न सुरु गरेका थिए।
इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो।
इतिहासकार नेपालका भाइ एकमणि नेपालले दिएको जानकारी अनुसार उनको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ। इतिहासकार नेपालका दुई छोरा छन्।
नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा चिनिन्छ। उनले भोजपुरमा १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न सुरु गरेका थिए।
काठमाडौँमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गरेका छन्। नेपालका ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएको लेखक एवं साहित्यकार हरिप्रसाद सोडारीले जानकारी दिए।
नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् ।