काठमाडौं : स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका- ४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामेरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाई टाइपिङको रोजगारी उपलब्ध गराई दिने भन्दै सामाजिक संजालमा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत अश्लिल कुराकानी गर्न लगाउने र अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्लिल सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
विभिन्न बालबालिकाहरूलाई अश्लील भिडिओ बनाउन प्रयोग गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका ६ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने वर्ष १९ कि अंजली अधिकारी रहेकी छन्।
आर्थिक हिसाबले विपन्न परिवारका बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी उपलब्ध गराई दिने भनि सामाजिक सञ्जालमा ‘स्ट्रिप च्याटः फ्रि लाइभ सेक्स क्याम्स एन्ड एडल्ट च्याट विथ नेक्ड गर्ल्स’ मा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत लाइभ भिडिओ च्याटमा बसी स्ट्रिप च्याटका कस्टमरहरुसँग अश्लिल कुराकानी गर्न लगाउने पाइएको छ।
साथै, बढी आम्दानी गर्नको लागि टोकन अर्न गर्नुपर्ने र सो को लागि आफ्नो शरीरको कपडा खोली यौनाङग समेत प्रर्दशन गरी अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराइ अश्लील सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसूर मुद्दामा आवश्यक कारावाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाएको छ ।