काठमाडौँ: जिल्ला प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
हरेक दिन दिउँसो एक बजेको समयमा सेवा लिन आएका सेवाग्राहीहरु बसेर दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले उनीहरुका समस्या र गुनासाहरु सुन्ने गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी भुसालले सेवाग्राहीहरुसँग बसेर सेवा प्रवाह प्रतिको प्रतिक्रिया समेत लिने गर्नुभएको छ। प्रमुख जिल्ला अधिकारी भुसाल भन्नुहुन्छ, ‘हरेक दिन दिउसो एक बजेको समयमा सेवा लिन आउनु भएका सेवाग्राहीसँगै बसेर उहाँहरुको समस्या र गुनासा सुन्ने र सेवा प्रवाह प्रतिको प्रतिकृया लिने गरेको छु ।’
सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध समेत थप सकारात्मक भएको महशुस गरेको भुसालले बताउनुभयो । ‘हामीले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको महशुस गरेका छन् । यो कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध समेत थप सकारात्मक ऊर्जा थप्ने
भन्नुहुन्छ हाम्रो विश्वास छ ।’ – भुसालले भन्नुभयो ।
गुराँस गाउँपालिका–६ जोरेबाँझकी सुशिला नेपाली घर फर्किनै लाग्नुभएको थियो। प्रमुख जिल्ला अधिकारी सेवाग्राही भएकै ठाउँमा आउनुभएपछि राष्ट्रिय परिचयपत्रको काम भयो । 'आफ्नो नागरिकता बनाइसकेर ममिको पनि राष्ट्रिय परिचयपत्र बनाउन आको नागरिकतामा टाँसेको फोटो प्रष्ट छैन भनेर फर्काएपछि घर जाने तयारीमा थिए, सिडियो साव आउनुभयो र ममिको राष्ट्रिय परिचयपत्र पनि बन्यो । उहाँ यहा नआउनुभएको भए हामि यसै घर जानुपर्थो फेरी अर्को पटक आउनुपर्थो सुशिला नेपालीले भन्नुभयो ।
सुशिलाको मात्र होइन नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय दैलेखमा सोमबार आवेदन दिएका चार जना महिलाले माइतीघर सुर्खेतबाट नागरिकता लिए नलिएको बुझ्न पठाइएको चिट्ठीको जवाफ पठाइदिन प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्ला प्रशासन कार्यालय सुर्खेतको नागरिकता फाँटका कर्मचारीलाई आफैले फोन गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको नागरिकता फाँटका कर्मचारीलाई उहाँ आफैले फोन गरेर भन्दै हुनुहुन्थ्यो ‘यहाँ सेवाग्राहीले नागरिकता बनाइसकेर गाडी चढेर गाऊँ फर्किन पर्छ, छिटो पठाइदिनुस् ।’ नभन्दै आधा घण्टामा चारै जनाको चिट्ठी आयो अनि काम पनि भयो ।
भुसालले आइतबारदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर पीरमर्का, गुनासो वा असन्तुष्टी सुन्ने र सके जति लचिलो भई सेवाग्राहीको काम गरी पठाउने दैनिक तालिका बनाउनु भएको छ । प्रमुख जिल्ला अधिकारी भुसाल भन्नुहुन्छ "आमसेवाग्राहीले आफ्ना समस्याहरु बताउन सक्ने अवस्था कमै रहने हुनाले सेवाग्राही हरुसंग प्रमुख जिल्ला अधिकारी भन्ने कार्यक्रम चलाएको छु । यसबाट उहाँहरुले आफ्ना कुराहरु निर्धक राख्न सहज भएको पाए । हरेक दिन दिउँसो १ बजे सेवाग्राही सँगै म रहनेछु , म कार्यालयमा नहुदा सहायक प्रमुख जिल्ला अधिकारीले पनि यो कार्यक्रम गर्नुहुनेछ"।
सेवाग्राहीहरुले कार्यकक्षमा पुगेर समस्या सुनाउन नसकेको महशुस भएपछि आफूले गुनासो सुन्न सेवाग्राही भएकै ठाउँमा पुग्दा खुलेर भन्न सजिलो परोस् भनेर ‘सेवाग्राहीसंग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रष्ट्याउनुभयो ।
२२ वर्ष अघि खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएका भुसाल नासुदेखि शाखा अधिकृतसम्म लोक सेवाका परीक्षा पास गरेर उपसचिव तहमा पुग्नुभएको छ । उपसचिव भएको ८ वर्ष अवधिमा पहिलो पटक २०७४–२०७५ सम्म अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी हुँदा संसदीय निर्वाचन र २०७७–२०७८ मा प्यूठान जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा कोरोना विपद कुसल व्यवस्थापन गर्नुभएका ती जिल्लाका नागरिक समाज र पत्रकारहरुले प्रशंसा गर्ने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भुसालले सेवाग्राहीसंग आफ्नो कार्यालयले दिने सेवा मात्र होइन, समग्र विकासको गतिविधि र सामाजिक रहनसहन समेतको कुरा सोध्ने गर्नुभएको छ । लैंगिक हिंसा, जातीय विभेद जस्ता समस्या र यातायात सेवा बारे दैनिक जीवनका समस्या समेत जानकारी लिने गर्नुभएको छ ।
दैलेखको प्रमुख जिल्ला अधिकारी जिम्मेवारीमा रहनुभएको पाँच महिना अवधिमा भुसालको पहलमा गएको फागुन ४ गते विकासका लागि सम्वाद कार्यक्रम गरेर दैलेखको पेट्रोलियम अन्वेषण, मध्यपहाडी राजमार्ग, राकमको नयाँ सहर आयोजनाको कामलाई गति बढाउनुभएको छ ।
जिल्लामा लैंगिक हिंसा, छाउपडी प्रथा, बाल विवाह, जातीय विभेद लगायतका सामाजिक सवालमा स्थान विशेषमा समस्या पहिचान गरिसकेको त्यस अनुसार परिणाममुखी सचेतना कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकार, नागरिक समाज संस्था समेत परिचालन गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो ।