काठमाडौँ- होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २ सय ७७ मध्ये १ सय पाँच जना छुटेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा १ सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।
'फागु पूर्णिमाका दिन नियमविपरीत काम गर्ने उनीहरूलाई नियन्त्रणमा लिएका थियौँ । उनीहरूको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरूको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरू सबैको हकमा छानबिन भइरहेको छ,' खत्रीले भने ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुईपाङ्ग्रे सवारी तीन सयवटा र चारपाङ्ग्रे सातवटा सवारीसाधनलई नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ । लापसे, मापसे गरी सवारीसाधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा सवारीसाधन नियन्त्रणमा लिइएको हो ।
फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।
होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २ सय ७७ मध्ये १ सय पाँच जना छुटेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा १ सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।
'फागु पूर्णिमाका दिन नियमविपरीत काम गर्ने उनीहरूलाई नियन्त्रणमा लिएका थियौँ । उनीहरूको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरूको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरू सबैको हकमा छानबिन भइरहेको छ,' खत्रीले भने ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुईपाङ्ग्रे सवारी तीन सयवटा र चारपाङ्ग्रे सातवटा सवारीसाधनलई नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ । लापसे, मापसे गरी सवारीसाधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा सवारीसाधन नियन्त्रणमा लिइएको हो ।
फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो । रासस