धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार को १ ज २५९३ नम्बरको जीप आज बिहाान ११ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको थियो । दुर्घटनामा घटनास्थलमा ७ र उपचारको क्रममा एकको मृत्यु भएको हो । उक्त घटनामा ९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हतुवागढी गाउँपालिका-२ का मान बहादुर बस्नेत (चालक), हतुवागढी-२ का चन्द्रप्रकाश राई , हतुवागढी-५ का रामकुमारी राई,बराहक्षेत्र- ३ का पदमबहादुर थापा , हतुवागढी-२ का दिशान राई , इटहरीकी कमला अधिकारी र हतुवागढी-२ की पर्वतमाया राई छन् ।
साथै, हतुवागढी-५ का किसन राईको बीपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै, घाइते हुनेहरुको पनि पहिचान खुलेको छ । घाइते हुनेमा विशेष पराजुली कानेपोखरी, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ्ग राई, निकिता कटुवाल छन् । घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।