काठमाडौँ । विश्व हिन्दू महासंघले नेपाली कांग्रेसभित्रका सनातन हिन्दू राष्ट्र पक्षधरका नेतालाई स्वागत गरेको छ ।
बुधबार नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा सनातन हिन्दू राष्ट्र पक्षधर कांग्रेस केन्द्रीय सदस्यहरु, महाअभियानका पदाधिकारी एवम् सल्लाहकार परिषदका नेताहरुलाई विश्व हिन्दू महासंघ नेपालद्वारा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको अध्यक्षता भएको कार्यक्रममा कांग्रेसका नेता पूर्वमन्त्रीहरू: महाअभियानका संयोजक केन्द्रीय सदस्य शंकर भण्डारी, डा. दीपक प्रकाश बासकोटा, पूर्वसांसद शंकर पाण्डे, केन्द्रीय सदस्य मा. सन्जय गौतम , केन्द्रीय सदस्य डिला संग्रौला, केन्द्रीय सदस्य एवम् महाअभियानका महासचिव मुक्ता कुमारी यादव, केन्द्रीय सदस्य चन्द्रबहादुर के सी, केन्द्रीय सदस्य मन्जु खांण, केन्द्रीय सदस्य मारमा कोइराला, लक्ष्मण घिमिरे, केन्द्रीय सदस्य रंगमती शाही, केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य सीता देवकोटा, केन्द्रीय सदस्य बिध्या तिमिल्सिना, नेता योगेश ढकालज्यु, नेपाली काङ्ग्रेस नेता दामोदर गौतम ज्यु, पुर्व माननीय कृष्ण अमात्य, नेता नरोत्तम बैध्य, नेपाल सरकारका पूर्व सचिव श्विश्व प्रकाश पण्डितज, प्रा. डा धनेश्वर नेपाललगायतका नेताहरयले देश सनातन हिन्दूराष्ट्र हुनुपर्छ भन्दै कांग्रेसले हिन्दू राष्ट्रको पक्षमा एकढिक्का भएर उभिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य विश्व हिन्दू महासंघका वरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरेले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन प्रशिक्षण विभागका संयोजक भरतराज पौडेलले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारीले गर्नुभएको थियो |
थप तस्बिरहरू: