काठमाडौँ । आज १४ फेब्रुअरी, प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ
विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।
यसरी भयो यसको सुरुवात
प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्व थुप्रै देशहरूमा भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवसको रूपमा मनाइने यस दिनकाे इतिहास भने दु:खद् छ।
तेस्रो शताब्दीमा रोममा एक शासक थिए- क्लोडियस द्वितीय। उनको मान्यता थियो- जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ। त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए- आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन ।’
रोमनका पादरी सेन्ट भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले उक्त उद्घाेषको विरोध गरे । सेन्ट भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे ।
जब सेन्ट भ्यालेनटाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरूलाई प्रेरित गरेको क्लोडियसले थाहा पाए तब उनले भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश दिए । यसपश्चात् भ्यालेनटाइनलाई ‘कालकोठरी’मा बन्दी बनाइयो ।
आखिरमा सेन्ट भ्यालेनटाइनलाई फाँसी दिने सजाय सुनाइयाे। फाँसीको आदेश सुनेर सेन्टले जेलरकी दृष्टिविहीन छोरीको नाममा एकप्रेम पत्र लेखे । उनले त्यसमा लेखेका थिए- ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने- म मरेपछि मेरो आँखा तपाईँकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू ।’
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यही दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरूले ‘भ्यालेनटाइन डे’ मनाउन सुरु गरेका हुन् ।