काठमाडौँ । नेपाल विज्ञापन संघले नयाँ नेतृत्व पाएको छ ।
संघको २४औं वार्षिक साधारण सभाले ११औं केन्द्रीय कार्य समिति गठन गरेको हो । जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् ।
संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छन् । संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन् ।
संघको निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।
२४ औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि अध्यक्ष सुदिप थापाको नेतृत्वमा, प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितिय उपाध्यक्ष पंकज लाल प्रधान, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष साजन श्रेष्ठ, सचिव सन्तोष खड्का, सदस्यहरुमा क्रमशः अरुणकाजी स्थापित, रोशन रेग्मी (आरसि) सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी , रोशन पौडेल, मनिस अधिकारी, प्रभात रिमाल बिजय भएक छन् ।